images
images

शुक्रवार, जेठ ४ गते २०८१

रोटरी इन्फर्मेशनबारे छलफल

रोटरी इन्फर्मेशनबारे छलफल

images
images
images
सोमवार, कार्तिक १५ २०७८
सोमवार, कार्तिक १५ २०७८
  • रोटरी इन्फर्मेशनबारे छलफल

    बुटवल, १५ कात्तिक । 
    रोटरी क्लब अफ बुटवल वर्ष २०२१/२२ को १७ औं र क्लबको १३८७ औ नियमित बैठकसम्पन्न भएको छ । क्लबका अध्यक्ष  प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा रोटरी इन्फर्मेशन रहेको थियो । 

    images
    images
    images

    बैठकमा रोटरी इन्फर्मेशनबारे आफ्नो प्रस्तुती राख्दै क्लब एडमिन्स्ट्रेशन स्ट्यान्डिङ कमिटी चेअर रोम शर्माले रोटरी टिमवर्कमा काम गर्ने सामाजिक संस्था भएकाले रोटरीले गर्ने हरेक कामहरुमा सफलता प्राप्त हुँदै गएको बताए । टिमवर्कमा काम गरेमात्रै संस्था सफल हुन्छ भन्ने कुरालाई सबै रोटरीयनहरुले बुझ्न जरुरी रहेको पनि उनले बताए । उनले रोटरी इन्टरनेशनल कन्भेन्सनमा सहभागिताका लागि रोटरीयनहरुले ध्यान दिनुपर्ने कुराहरुबारे पनि जानकारी गराएका थिए ।

    त्यस अवसरमा रोटरीयनहरु कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे, गोपाल अधिकारीलगायतले आरआई कन्भेन्शनका विषयमा विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए । बैठकमा क्लबका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले ब्लड कलेक्शन भ्यान सञ्चालनका लागि भैरहेका कामबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष गोपाल बस्यालले पोलियो सम्बन्धी जनचेतना र्यालीको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
    त्यस्तै बैठकमा रोटरीयनहरु विष्णु काफ्ले, दिपकप्रसाद श्रेष्ठ लगायतले पनि आफ्नो धारणा राखेका थिए ।


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij