images
images

शुक्रवार, जेठ ४ गते २०८१

लायन्स भैरहवा ग्रीन सिटीको वार्षिक कार्ययोजना बैठक सम्पन्न

लायन्स भैरहवा ग्रीन सिटीको वार्षिक कार्ययोजना बैठक सम्पन्न

images
images
images
सोमवार, कार्तिक १५ २०७८
सोमवार, कार्तिक १५ २०७८
  • लायन्स भैरहवा ग्रीन सिटीको वार्षिक कार्ययोजना बैठक सम्पन्न

    भैरहवा, १५ कात्तिक ।
    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको वार्षिक कार्ययोजना बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार भुमहीको नेचर रे रिसोर्टमा एक कार्यक्रमकाबीच वार्षिक कार्ययोजना बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । 

    images
    images
    images

    क्लबका अध्यक्ष गोबिन्द प्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रमले क्लवको आगामी कार्ययोजनाको बारेमा छलफल गरी कार्ययोजना बैठक सम्पन्न गरेको हो । बैठकमा यस अघि सम्पन्न भएका १८ कार्यक्रमहरुको समीक्षा समेत गरिएको थियो । त्यस्तै बैठकले कोभिड–१९ विरुद्धको लडाईमा ग्रीन सिटीको अभियान, बस्ती–बस्तीमा पुर्याउँ सचेतनाको ज्ञान जस्ता महत्वपूर्ण कार्य गर्दै आयकोमा क्लवले गर्ने आगामी कार्यक्रमहरुको लागि संयोजकहरु समेत तोकेको छ । 

    क्लबका सचिव प्रकाश पाण्डेका अनुसार ब्लड डोनेशन प्रोग्राममा हुम बहादुर थापा (अनिल), माइलाइन भिलेज कार्यक्रममा केदारनाथ बरई बनभोज कार्यक्रममा विष्णु भण्डारीलाई संयोजक तोकिएको छ । 
    त्यस्तै बैठकले मोटिभेसनल ट्रेडिङ प्रोग्रामको लागि लाल बहादुर थापा, मिउजिकल नाइट फण्ड राइजिङ प्रोग्रामको लागि संयोजकमा मनोज क्षेत्री र सह–संयोजकहरु टेक नारायण ढकाल, विष्णु भण्डारी तथा बिना पौडेललाई तोकेको छ । 

    संस्कृतिको जगेर्ना गर्दै दैउसी भैलो खेल्ने र संयोजक शोभा गुरुङ रहने र ७ सदस्यीय व्यवस्थापन समिति सयोजक मनोज क्षेत्रीको संयोजकत्वमा भीम बहादुर थापा, अमृता गुरुङ, संगीत सिंह जि.सी. र लक्ष्मी थापालाई तोकेको छ ।

    डाइबिटिज प्रोग्राममा कोपिला खत्री, चाइलउड क्यान्सर प्रोग्राममा संगिता सिह जि.सी., मेल्बिन जोन्स बर्थ डे प्रोग्राममा प्रेम पौडेल, भित्तेपात्रो प्रकाशनमा अनुप वर्मा, फुटसल प्रोग्राममा रोशन शर्मा र आँखा शिविरमा नरेश केसीलाई संयोजक तोकेको छ । यस वर्ष क्लबले नयाँ क्लब स्थापना गर्ने अभियान बढाउँदै गएको जनाएको छ । हा सम्म ग्रिनसिटिको स्पोन्सरमा ३ वटा नयाँ लायन्स क्लब स्थापना भइसकेका छन् ।
    क्लबका अध्यक्ष गोबिन्द प्रसाद गिरीले राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान संगसंगै ‘टुगेदर फर सोसाइटी’ भन्ने मूल नाराका साथ विभिन्न सामाजिक कार्य गरिरहेको बताए । ‘हामी सेवा गर्छौ भन्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्ने लायन्सको मर्म र भावनामा ओतप्रोत क्लब रहेको उनले बताए । 

    ‘यस क्लबको स्थापनासंगै हालसम्म दर्जनौ सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको छ । मृगौलाबाट पीडित अस्पतालको वेडमा छटपटाइरहेका प्रविन कुमार परियार बचाउ अभियानदेखि उपचारको अभावमा जीवन र मरणको दोसाधमा पुगेका पृथ्वी बहादुर जिउँ ठकुरीलाई उपचारमा आर्थिक सहयोग, डिष्ट्रिकको आह्वानमा स्थानीय सरकारसंग सहाकार्य गर्दै क्लबले सडक किनारामा वृक्षारोपण, लायन्स अभियानमा संचारको भूमिका विषयक संभाषण कार्यक्रम, सामाजिक सेवा लायन्स पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना, स्थानीय सरकारसंग सहकार्य गर्दै दशैतिहारको अवसर पारी बालगृहमा रहेका बालबालिकाहरुलाई न्यानो बस्त्र वितरण, चम्ल्याहा ४ शिशुहरुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि डिष्ट्रिक गभर्नरको निर्देशनमा पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानीकी २४ वर्षीया सीता सार्कीको परिवारलाई आर्थिक सहयोग जस्ता अभियानले यो क्लब समाज सेवामा उत्कृष्टको दर्जामा पुगेको छ, ’उनले भने ।

    आफ्नो सामाजिक कामलाई निरन्तरता दिने क्रममा अहिले युवाहरुलाई सामाजिक अभियानमा खटिन क्लब खोल्ने अभियान चलाएको अध्यक्ष गिरीले बताए । क्लबले मानवीय मंगल कार्यमा जुटौ, भन्दै प्राकृतिक प्रकोप क्षेत्रमा अभियान चलाएको र एमर्जेन्सी एलसीआएफ ग्रान्टबाट समेत राहत वितरण गरेको उनले बताए । 

    ‘ग्रीन सिटीले समाज सेवामा आफ्नो अभियानलाई निरन्तर राख्ने प्रतिवद्धता गरेको गर्दै लायन्स क्लबको मुल मर्म अनुसार क्लबले आफ्नो गतिविधिहरुलाई समेत यसै गरी अगाडी बढाउने क्लबको मूल उद्देश्य देखिन्छ, ’ उनले भने । क्लबका प्रथम उपाध्यक्ष श्री बहादुर रायमाझीको संयोजन तथा क्लबका सचिव थानेश्वर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij