images
images

शुक्रवार, जेठ ४ गते २०८१

रुपन्देहीमा लागुऔषधसहित ४ जना पक्राउ 

रुपन्देहीमा लागुऔषधसहित ४ जना पक्राउ 

images
images
images
बुधवार, कार्तिक १७ २०७८
बुधवार, कार्तिक १७ २०७८
  • रुपन्देहीमा लागुऔषधसहित ४ जना पक्राउ 

    भैरहवा, १७ कात्तिक ।
    रुपन्देही प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ शिवपुरका २९ वर्षिय शंकर नेपाली, तिलोत्तमा–३ का ३३ वर्षिय केशव गिरी, बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षिय दिपक नेपाली र चितवन साविक दारेचोक गा.वि.स.–४ स्थायी घर भइ हाल बुटवल उपमहानगरपालिका–१७ रानिगन्ज बस्ने ३२ वर्षिय रवि लामा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–११ पवित्रानगरमा चेकजाँच गर्ने क्रममा केशव, शंकर र दिपकको साथबाट ११ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    उनीहरुलाई मंगलबार रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट म्यादथप अनुमति लिई लागुऔषध (ब्राउनसुगर) मुद्दामा थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।

    त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१७ स्थित रानीगन्जमा शंकास्पद रुपमा बसिरहेका रविको शरीर रितपूर्वक खानतलासी गर्दा उनको साथबाट ५ सय मिलिग्राम ब्राउन सुगर र दुई थान मोबाइल बरामद गरी आवश्यक अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij