२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

नेकपा एमाले सिद्धार्थनगर–९ द्वारा शुभकामना आदानप्रदान

बिहिवार , कार्तिक १८, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १८ कात्तिक ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ कमिटीले बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ । तिहार, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा कार्यक्रम आयोजना गरिएको एमाले सिद्धार्थनगर–९ का सचिव यादव प्रसाद आचार्य (वाई.पी.)ले बताए ।

    वडा कमिटीका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षता, एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा, पूर्व नगर अध्यक्ष चोपलाल आचार्य, सचिव नारायण प्रसाद भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष मोतिलाल सुवेदी, रुपन्देही जिल्ला अदालत बार एशोसियशनका अध्यक्ष लोकनाथ पन्त, डिजाइन थापा लगायतले चाडपर्वको महत्वको बारेमा बोलेका थिए ।

    एमाले सिद्धार्थनगर–९ का सह–सचिव युवराज पोख्रेलको स्वागत तथा सचिव यादव प्रसाद आचार्य (वाई.पी.)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।