२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

आइतबार रुपन्देही बन्द गर्ने कांग्रेस रूपन्देहीको निर्णय

शनिवार , आश्विन १७, २०७७

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • रुपन्देही, १७ असोज । ।

    प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी दाङ राख्ने प्रस्तावसंगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलनको तयारी गरेको छ । कांग्रेस रुपन्देहीको शनिवार (आज) बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसंग छलफल अगाडी बढाएको हो ।

    नेविसंघ रुपन्देहीको शनिवार बुटवलमा बसेको संयुक्त वैठकले अस्थायी राजधानीको रुपमा रहेको रुपन्देहीबाट प्रदेशको स्थायी राजधानी दाङ वनाउने प्रस्ताव एकाएक प्रदेशसभामा पेश गर्नु तानाशाह लादेको ठहर गर्दै, रुपन्देहीबाट दाङ राजधानी सार्न नदिन विभिन्न संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

    नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खांणले शनिवार (आज) सांझ विरोध स्वरुप रांके जुलुस, आइतबार (भोलि) जिल्ला वन्द र नेकपा पार्टीका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगायतका कार्यक्रमहरु रहेको जानकारी दिए ।
    प्रदेशसभामा शुक्रबार (हिजो) प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश भएसँगै बुटवलका विभिन्न स्थानहरुमा टायर बालेर विरोध जनाएको कांग्रेसले शनिबार (आज) सांझ राँके जुलुस प्रर्दशन गर्ने जनाएको छ ।