images

शनिवार, बैशाख ८ गते २०८१

भैरहवामा चित्रांश कप–२०७८ क्रिकेट प्रतियोगिता सुरु

भैरहवामा चित्रांश कप–२०७८ क्रिकेट प्रतियोगिता सुरु

images
images
images
शुक्रवार, कार्तिक १९ २०७८
शुक्रवार, कार्तिक १९ २०७८
  • भैरहवामा चित्रांश कप–२०७८ क्रिकेट प्रतियोगिता सुरु

    भैरहवा, १९ कात्तिक ।
    भैरहवामा एकदिवसीय दोस्रो संस्करणको चित्रांश कप–२०७८ क्रिकेट प्रतियोगिता शुक्रबार बिहानदेखि सुरु भएको छ । चित्रांश युथ क्लबको आयोजना तथा चित्रगुप्त युवा सेवा समितिको सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सुरु भएको प्रतियोगितामा ४ वटा टीमको सहभागिता रहेको छ ।

    images
    images
    images

    चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने र खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभले बताए । उनले प्रत्येक इनिंग १२ ओभरको रहने र तीन वटा खेल हुने जानकारी दिए ।

    नकआउट क्रिकेट टुर्नामेन्टमा रोयल नाइट्स, व्रेभ वारियर्स, चित्रांश सुपर किंग्स र कायस्थ नाइट राइडर्स गरी चार वटा टिमबाट ५२ जना खेलाडीको सहभागिता रहेको कार्यक्रम संयोजक सुरज कर्णले बताए । जसअन्तर्गत रोयल नाइट्सको कप्तानमा धिरज मल्लिक, वेभ वारियर्सको कप्तानमा अमित श्रीवास्तव, चित्रांश सुपर किंग्सको कप्तानमा दीपक मल्लिक र कायस्थ नाइट राइडर्सको कप्तानमा मनिष चौधरी रहेका छन् ।

    प्रतियोगिताको एक कार्यक्रमकाबीच कृषि विकास बैंक लुम्बिनी प्रदेशका निर्देशक राजेश कुमार श्रीवास्तवले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रीवास्तवले चित्रगुप्त मन्दिर निर्माणदेखि क्रिकेट प्रतियोगिता आयोजना गरेर चित्रांश परिवारले उदाहरणीय कार्य गरेको बताए । उनले क्रिकेट प्रतियोगिता अन्य समयमा पनि आयोजना गर्न आग्रह गरे ।

    IMG_8213.JPG

    नेपाल क्रिकेट संघका सचिव तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले क्रिकेट खेलले नेपालको पहिचानलाई विश्वमै स्थापित गर्न मद्दत गरेको बताए । उनले लोकप्रिय खेलको रुपमा अगाडी बढेको क्रिकेट खेलमा सरकारले लगानी गरिरहेको बताए । उनले चित्रांश युथ क्लबको प्रयास सराहनीय रहेको बताए । 

    चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभको अध्यक्षता, चित्रगुप्त युवा सेवा समितिका पूर्व सचिव अधिवक्ता दिलिप कुमार मल्लिकको स्वागत तथा चित्रांश युथ क्लबका सदस्य सेजल मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतियोगिताको पहिलो खेल चित्रांश सुपर किंग्स र रोयल नाइट्सबीच भइरहेको छ । टस जितेर चित्रांश सुपर किंग्सले व्याटिङ रोजेको चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश कुमार मल्लिकले जानकारी दिए ।

    IMG_8217.JPGIMG_8233.JPGIMG_8238.JPGIMG_8245.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij