images

शुक्रवार, चैत्र १६ गते २०८०

चित्रांश सुपर किंग्स बन्यो चित्रांश कप–२०७८ को च्याम्पियन

चित्रांश सुपर किंग्स बन्यो चित्रांश कप–२०७८ को च्याम्पियन

images
images
images
शनिवार, कार्तिक २० २०७८
शनिवार, कार्तिक २० २०७८
  • चित्रांश सुपर किंग्स बन्यो चित्रांश कप–२०७८ को च्याम्पियन

    भैरहवा, २० कात्तिक । 
    भैरहवामा भएको चित्रांश कप–२०७८ क्रिकेट प्रतियोगिताको च्याम्पियन चित्रांश सुपर किंग्स भएको छ । चित्रांश युथ क्लबको आयोजना तथा चित्रगुप्त युवा सेवा समिति भैरहवाको सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको प्रतियोगितामा कायस्थ नाइट राइडर्सलाई ३६ रनले पराजित गर्दै चित्रांश सुपर किंग्स च्याम्पियन भएको हो । 

    images
    images
    images

    चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने र खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ४ वटा टिम बीच प्रतियोगिता भएको थियो । पहिलो खेलमा चित्रांश सुपर किंग्स र रोयल नाइट्सबीच भएको खेलमा चित्रांश २२ रनले विजयी भइ फाइनल खेलेको थियो भने दोस्रो खेल व्रेभ वारियर्स र कायस्थ नाइट राइडर्सबीच भएकोमा कायस्त ६ विकेटले विजयी भई फाइनल खेलेको थियो । 

    फाइनल खेलमा चित्रांश र कायस्थबीच भएकोमा ९९ रनको लक्ष्य पाएको कायस्तले निर्धारित १२ ओभरमा लक्ष्य पार गर्न नसकेपछि चित्रांश विजयी भएको हो । जितका लागि चित्रांशका सुरज कर्णले ३३, सौरभ लाभले ३२ रन जोडेका थिए भने बलिङतर्फ कायस्थका विकास मल्लिक र कैलाशले ३–३ विकेट लिएका थिए । कायस्थतर्फ पवन कर्णले सर्वाधिक २४ रन जोडे पनि खेल जित्न सकेनन । फाइनल खेलको म्यान अफ द म्याच सौरभ लाभ भएको चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकले बताए । 

    प्रतियोगिताको एक कार्यक्रमकाबीच कृषि विकास बैंक लुम्बिनी प्रदेशका निर्देशक राजेश कुमार श्रीवास्तवले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रीवास्तवले श्री चित्रगुप्त मन्दिर निर्माणदेखि क्रिकेट प्रतियोगिता आयोजना गरेर चित्रांश परिवारले उदाहरणीय कार्य गरेको बताए । उनले क्रिकेट प्रतियोगिता अन्य समयमा पनि आयोजना गर्न आग्रह गरे । 

    नेपाल क्रिकेट संघका सचिव तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले क्रिकेट खेलले नेपालको पहिचानलाई विश्वमै स्थापित गर्न मद्दत गरेको बताए । उनले लोकप्रिय खेलको रुपमा अगाडी बढेको क्रिकेट खेलमा सरकारले लगानी गरिरहेको बताए ।
     
    चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभको अध्यक्षता, चित्रगुप्त युवा सेवा समितिका पूर्व सचिव अधिवक्ता दिलिप कुमार मल्लिकको स्वागत तथा चित्रांश युथ क्लबका सदस्य सेजल मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij