२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

नेपाल नेत्रज्योति संघ रुपन्देहीमा जोशी

शनिवार , आश्विन १७, २०७७

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, १७ असोज । 
    नेपाल नेत्रज्योति संघ रुपन्देही जिल्ला शाखाको १३ औं साधारणसभा तथा आठौं अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले कमल राज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

    जसको सदस्यहरुमा राजेश कुमार ढकाल, विष्णु प्रसाद उपाध्याय, गणेश बहादुर क्षेत्री, नारायण प्रसाद अग्रवाल, राजेन्द्र प्रसाद पन्थी, मिना श्रेष्ठ, नवराज न्यौपाने, दिलिप कुमार मल्लिक, लता कटेल, नरसिंह चौधरी थारु, अर्जुनमान सैजु र रामेश्वर श्रेष्ठ रहेको निर्वाचन अधिकृत रविन्द लाल चौधरीले जानकारी दिए ।

    साधारणसभाको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले उद्घाटन गरेका थिए ।

    कार्यक्रममा नेपाल नेत्र ज्योति संघका वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेल, संविधानसभा सदस्य इस्तियाक अहमद खान, पूर्व भुमिसुधार राज्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हकिकुल्ला खाँ, लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणा, अस्पतालका प्रमुख मेडिकल निर्देशक ज्ञानेन्द्र लामिछाने लगायतले बोलेका थिए ।

    नेत्र ज्योति संघ रुपन्देहीका सचिव गणेश बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।