२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राजधानीका विषयमा मतदान गर्न नेकपाद्वारा आफ्ना सांसदलाई ह्विप लगाउने निर्णय 

शनिवार , आश्विन १७, २०७७

बुटवल १७ असोज । प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ्ग र प्रदेशको नाम लुम्विनी राख्ने प्रस्तावका पक्षमा मतदान गर्न नेपका संसदीय दलले आफ्ना सांसदलाई ह्वीप लगाउने निर्णय गरेको छ । 

शनिवार बिहान ८ बजेदेखि मुख्यमन्त्री निवासमा बसेको वैठक करिव ६ घण्टा पछि सकिएको थियो । बैठकले प्रदेश सभामा पेश गरिएको प्रस्तावित प्रदेशको स्थायी राजधानी दाङका लागि मतदान गर्न सांसदहरुलाई ह्विप जारी गर्ने निर्णय गरेको नेकपाका सचेतक भूमिश्वर ढकालले जानकारी दिए। 

सचेतक ढकालका अनुसार बैठकमा रुपन्देही र पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका थिए भने कपिलवस्तुका सांसदहरुले कपिलवस्तुमै प्रदेशको स्थायी राजधानी बनाउनु पर्ने माग राखका छन्। बैठकमा रुपन्देही र पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका छन्। बैठकमा कपिलवस्तुका सांसदहरुले भने कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने धारणा राखेका थिए।

रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको बताए। रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमति जनाउदै आफ्ना भनाइ राखेका थिए।
 
बैठकमा अर्घाखाँची र गुल्मीका सांसदहरु विपक्षमा रहेनन भने वाँके, वर्दिया, प्युठान, रोल्पा र रुकुम पूर्वका सांसदहरुले वैठकमा प्रदेश सरकारले ह्विप लगाउने निर्णयको समर्थन जनाएका थिए । मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई संसदीय दलको निर्णय बिरुद्ध नजान निर्देशन दिएका छन् । प्रदेश सभामा पेश गरेको प्रस्ताव माथि यही असोज १९ गते देखि छलफल शुरु हुने छ ।