२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

आन्दोलन चर्किएपछि रुपन्देही प्रशाशनद्वारा प्रदेश सभा र मन्त्रालय वरीपरी निशेधाज्ञा 

शनिवार , आश्विन १७, २०७७

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • बुटवल १७ असोज । प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले बुटवलका मुख्य स्थानलाई निषेधित क्षेत्र तोकेको छ। 

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति सूचना जारी गर्दै बुटवलको प्रदेश सभा, मन्त्रालय र मुख्य सरकारी कार्यालय रहेका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। रुपन्देही प्रशाशनले ५ जना भन्दा बढी जम्मा हुन पनि रोक लगाएको छ। 

    स्थानिय प्रशाशनले असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।

    मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन नपाईने प्रशाशनले जनाएको छ । 

    यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाईने बताएको छ। 

    cdo office.jpg