
आइतवार , आश्विन १८, २०७७
बुटवल । प्रदेश ५ सरकारले दाङको भालुवाङमा स्थायी राजधानीका लागि प्रस्ताव गरेपछि नेपाली काग्रेसले आब्हान गरेको रुपन्देही बन्दले जनजिवन ठप्प भएको छ । जिल्ला बन्दको आब्हान गरेको काग्रेसले बिहानै देखि बुटवल लगाएतका स्थानमा प्रर्दशन गरेको छ ।
रुपन्देहीमा बन्दको प्रभाव बिहानै देखि परेको छ । प्रर्दशनकारीले बिहानै देखि बिभिन्न स्थानमा टायर वालेर, नारा जुलुस गरेर प्रर्दशन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञामा नेपाली काँग्रेसले आब्हान गरेको बन्दमा संयुक्त संघर्ष समिति सञ्जाल रुपन्देहीले बुटवलमा विरोध प्रर्दशन गर्नुको साथै कोणसभा गरेको छ ।
प्रदेश नं. ५ को स्थायी राजधानी वनाउनका लागि प्रदेश सभामा दाङको भालुवाङ्ग प्रस्ताव पेश भएपछि प्रदेश–५ को अस्थायी राजधानी बुटवलमा नेपाली काँग्रेसले त्यसको विरोधमा गत शुक्रवार देखि नै असन्तुष्टि पोख्दै विरोधका गतिविधि गर्दै आएको छ ।
तर सो प्रस्तावको वारेमा काँग्रेस रुपन्देही खुलेरै सडकमा विरोध प्रर्दशनमा उत्रिरहेको वेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरु भने सडकमा नआएर सामाजिक सञ्जाल प्रयोग गर्दै, केही कार्यकर्ता फेसवुक स्टाटस लेख्नमा व्यस्त छन्।
अन्य विषयमा खुलेरै वन्द र विरोध सभा गर्नेमा अग्रसर हुने नेकपाका कार्यकर्ताहरु अस्थायी राजधानी बुटवललाई स्थायी राजधानी वनाउनु पर्छ भन्ने पक्षमा वाहिर आएर वोल्न नसक्नुलाई यहाँका सरोकारवाला पक्षले विभिन्न कोणवाट हेरेको विरोध प्रर्दशनमा सहभागी एक व्यक्तिले वताए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिवार साँझ एक सुचना जारी गर्दै, बुटवलमा रहेका प्रदेशका सरकारी कार्यालय क्षेत्रमा निषेधाज्ञा गर्दै, कुनै सभा, सम्मेलन तथा नारा जुलुस गर्न नपाईएको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij