२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

संगठन विस्तार गर्दै राष्ट्रिय युवा संघ सिद्धार्थनगर

मंगलवार , कार्तिक २३, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २३ कात्तिक ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ सिद्धार्थनगर, रुपन्देहीले नगरका विभिन्न वडामा संगठन विस्तारलाई तीव्रता दिएको छ । गत असोज १८ गते सम्पन्न युवा संघ सिद्धार्थनगर कमिटीको आठौं अधिवेशनबाट कृष्ण मल्ल ठकुरीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएपछि अहिले संगठन विस्तारले तीव्रता पाएको छ ।

    हालसम्म सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० र ४ मा संगठन विस्तार गरिएको र अन्य वडामा विस्तार गर्ने तयारी भइरहेको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए । ‘युवाहरु अब राजनीतिक नेतृत्व लिन सफल छन्, भन्ने कुरा पुष्टि हुँदै गएको छ, युवाहरुलाई रचनात्मक कार्यक्रममा लाग्न प्रेरित गर्छौं, उनले भने ।’

    सिद्धार्थनगर वडा नम्बर १० मा राजेश यादव (राजु)को अध्यक्षतामा २७ सदस्यीय र वडा नम्बर ४ मा आदर्श सेञ्चुरीको अध्यक्षतामा ४१ सदस्यीय वडा समिति निर्वाचित भएको एमाले सिद्धार्थनगर–४ का सचिव समेत रहेका राष्ट्रिय युवा संघ सिद्धार्थनगरका सचिव रोशन थापाले बताए । संघले बाल गृहलाई खाद्यान्न सामग्री वितरण, विपन्न परिवारलाई क्रिया खर्चमा सहयोग, सडकका कुकुरलाई खाना, अस्पतालमा पानी तथा मास्क वितरण लगायतका कार्यहरु गर्दै आएको उनले बताए । 

    यसैबीच राष्ट्रिय युवा संघ सिद्धार्थनगर कमिटीले तिहारमा देउसीभैलो कार्यक्रम समेत गरेको छ । नगर सचिव रोशन थापाको संयोजकत्वमा कार्यक्रम सम्पन्न गरिएको नगर उपाध्यक्ष प्रविन आचार्यले बताए ।