images
images

शनिवार, जेठ ५ गते २०८१

रुपन्देही प्रहरीद्वारा झण्डै ७ लाख बराबरको पटाका नष्ट

रुपन्देही प्रहरीद्वारा झण्डै ७ लाख बराबरको पटाका नष्ट

images
images
images
मंगलवार, कार्तिक २३ २०७८
मंगलवार, कार्तिक २३ २०७८
  • रुपन्देही प्रहरीद्वारा झण्डै ७ लाख बराबरको पटाका नष्ट

    भैरहवा, २३ कात्तिक । रुपन्देही प्रहरीले झण्डै ७ लाखको अवैध पटाका बरामद गरी नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानबाट ६ लाख ८१ हजार ५ सय ७५ रुपैयाँ बराबरको पटाका बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको डीएसपी थापाले जानकारी दिए । ‘भारतबाट ल्याउँदै गरिएका अवैध पटाका बरामद गरी पत्रकार तथा स्थानीयको रोहबरमा नष्ट गरिएको छ, ’उनले भने ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिका–४ अमरपथ, वडा नम्बर ८ सुख्खानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदह, सिद्धार्थनगर–२ झण्डीबजार, वडा नम्बर १२ कालिकापथ, वडा नम्बर ३ खजहना, सम्मरीमाई गाउँपालिका–३ गुलरिया र मर्चवारी गाउँपालिका–२ अमुवा बजारबाट अवैध पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    त्यस्तै मर्चवारी गाउँपालिका–७ स्थित पैसियाघाटबाट युपी ५३ सीएच ८४४५ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरिएको १ लाख २० हजार मूल्य बराबरको २५० पिस झिलेमिले बत्ती बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

    bomb.jpg

    हराएको मोबाइल सम्बन्धित धनीलाई बुझाइयो

    त्यस्तै विभिन्न मिति, समय र स्थानमा हराएको मोबाइल सेट प्रहरीले फेला पारी मंगलबार सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ । हराएको मोबाइलहरुको आएमईआई नम्बरको आधारमा अनुसन्धान गरी विभिन्न व्यक्तिहरुले सिमकार्ड राखेर प्रयोग गरिरहेको अवस्थामा १७ थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    ३ (8).JPG

    ‘सिमसहितको मोबाइल सेट हराएको हुँदा खोजतलास गरी पाउँ भनी कार्यालयमा लिखित निवेदन पेश गरिएकोमा मंगलबार मोबाइल फेला पारी सञ्चारकर्मीहरुको रोहबरमा सम्बन्धित मोबाइलधनीलाई बुझाइएको छ, ’डीएसपी थापाले भने  ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij