२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

विश्व साइकलयात्री पुष्कर शाहलाई भैरहवामा सम्मान

आइतवार , आश्विन १८, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, १८ असोज ।

    विश्व साइकलयात्री पुष्कर शाहलाई भैरहवामा स्वागत तथा सम्मान गरिएको छ । सिद्धार्थनगर नगरपालिकाले शाहलाई सम्मान गरेको हो ।

    नगरप्रमुख हरि प्रसाद अधिकारीले आइतबार उनलाई सम्मान गरेको हुन् । कार्यक्रममाा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक कुमार थापा, ५ का अध्यक्ष चेत बहादुर क्षेत्री, १३ का अध्यक्ष सतिष मर्सानी, साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगर, जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारी, जेसीजका पूर्वअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

    नगरपालिकाका वरिष्ठ लेखा अधिकृत गणेश बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले साइकल लेनको आवश्यकता रहेकोमा जोड दिए । त्यस्तै जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष मंगल भण्डारीले साइकल क्लबका लागि बजेट विनियोजन गर्न आग्रह गरे ।