images
images

शनिवार, जेठ ५ गते २०८१

तिलोत्तमा–३ मा शुभबिहानी बाल समूह गठन

तिलोत्तमा–३ मा शुभबिहानी बाल समूह गठन

images
images
images
बुधवार, कार्तिक २४ २०७८
बुधवार, कार्तिक २४ २०७८
  • तिलोत्तमा–३ मा शुभबिहानी बाल समूह गठन

    तिलोत्तमा, २४ कात्तिक ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शुभबिहानी टोलमा बाल समूह गठन गरिएको छ । शुभबिहानी टोल विकास संस्थाका बालबालिकाहरुको भेलाले १५ सदस्यीय शुभबिहानी बाल समूह गठन गरेको हो । 

    images
    images
    images

    बाल समूहको अध्यक्षमा शुशान्त रेग्मी रहेका छन् भने उपाध्यक्षमा वर्षा भट्टराई, सचिवमा समर्पण भट्टराई, कोषाध्यक्षमा आशिष पौडेल र सह–सचिवमा पुजा पाण्डे रहेका छन् । त्यस्तै सदस्यहरुमा अंशु थापा, रिजन राना, क्रृदम भुसाल, अनुज्ञा पोखरेल, एलिशा थापा, प्रजेश गौतम, प्रज्ञा अर्याल, श्लोक पन्थी, रिया कुँवर र आयूषा राना रहेका छन् । 

    तिलोत्तमा वडा नम्बर ३ का जनप्रतिनिधि घनश्याम पौडेल लगायतले बाल समूह गठनमा सहजीकरण गरेका थिए । त्यस अवसरमा उनले बाल समूहलाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिंदै समूहले गर्नुपर्ने काम लगायतका विषयमा प्रकाश पारेका थिए । 

    तिलोत्तमा नगरपालिकाको बाल समूह गठन तथा सहजीकरण निर्देशिका–२०७६ मा स्थानीय तहमा सूचीकृत भएका १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको समूहलाई सहभागी गराएर बाल समूह गठन गर्न सक्ने व्यवस्था छ । निर्देशिकाले बालबालिकाको संगठन स्वतन्त्रताको अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्ने, बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनमा टेवा पुर्याउने, बालमैत्री पूर्वाधार विकासमा टेवा पु¥याउने लगायतका उद्देश्य राखेको छ । यस्ता बाल समूहहरु कुनै टोल, बस्ती वा वडाभित्र ८ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई सहभागि गराएर गठन गर्न सक्ने व्यवस्था छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij