
बिहिवार , कार्तिक २५, २०७८
काठमाडौं, २५ कात्तिक ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्यांक उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गरेका हुन् । उनले आज जारी गरेको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन अपिल गरेका छन् । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij