२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देही युवा समूहद्वारा ‘हिरोज अफ पब्लिक अवार्ड–२०७७’ को शुभारम्भ 

आइतवार , आश्विन १८, २०७७

भैरहवा, १८ असोज । 
विगत केही वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समूह रुपन्देहीले युवा समूहले प्रदान गर्ने हिरोज अफ पब्लिक अवार्ड–२०७७ को शुभारम्भ गरिएको छ । शनिबार एक कार्यक्रममा बीच संविधानसभा सदस्य इस्तियाक अहमद खानले शुभारम्भ गरेका हुन् ।सो अवसरमा बोल्दै खानले रुपन्देही यूवा समुहले रचनात्मक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

हिरोज अफ पब्लिक अवार्ड अन्तर्गत रुपन्देही जिल्लालाई चिनाउने कार्यमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिन्छ । अवार्डले अरुलाई पनि निःस्वार्थ सेवा गर्न र आफ्नो क्षेत्रको पहिचान बढाउन प्रोत्साहन मिल्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको समूहका जिल्ला अध्यक्ष बिशाल गुप्ताले बताए ।

त्यस्तै रुपन्देही यूवा समूह संगठन विस्तारमा लागेको छ । यूवा समूहले शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका र मर्चवारीमाई गाउँपालिकामा नयाँ संगठन विस्तार गर्दै बुटवल उपमहानगरपालिकामा पनि केही सदस्यहरुलाई थप गरेको छ ।
यूवा समूहले तिलोत्तमा नगरपालिकामा तिलक प्रसाद ढकालको अध्यक्षताका ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा सुसान बस्याल, सायन पाठक सचिवमा रञ्जित राजभर, सह–सचिवमा सामुल थापा, कोषाध्यक्षमा सुनिल न्यौपाने, सह–कोषाध्यक्षमा विद्यान बस्नेत रहेको समूहका जिल्ला अध्यक्ष गुप्ताले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा आयुष श्रेष्ठ, सविना ज्ञवाली, सञ्जय पाण्डे, विष्णु ढकाल, मनबहादुर कार्की, मनोज भण्डारी, बुद्धि बहादुर पराजुली, सजित तिवारी, उत्तम श्रेष्ठ, सरुफ प्रसाद शाह, दुर्गा थापा, नहकुल खनाल, सुमित पंगेनी, सुवर्ण खराल, प्रेमबहादुर थापा, अश्लेष कुमार सिंह ठकुरी, हरि भण्डारी, आशिष पाण्डेय अर्जुन श्रेष्ठ, सुरज कनौजे, पुरुषोतम घिमिरे, बिमल पौडेल, श्रेयस भुषाल, शालिन पाण्डेय, सुनिल गौतम, गोबिन्द भण्डारी, कृष्ण रिजाल, घनश्याम भुसाल, विष्णु पाण्डेय, दिप थापा, रविन जिसि, सपना बस्याल, सुरज पाण्डे र विक्रम गुप्ता रहेका छन् ।

त्यसै गरी मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा सुग्रीम यादव, उपाध्यक्षमा छोटु जयसवाल, सचिवमा राम शंकर कुर्मी, कोषाध्यक्षमा विनय कुमार चौधरी तथा सदस्यहरुमा लालुप्रसाद यादव र सन्दिप यादव चयन भएको जिल्ला अध्यक्ष गुप्ताले बताए ।

त्यस्तै बुटवल उपमहानगरपालिकाको वरिष्ठ उपाध्यक्षमा राहुल पाण्डे, उपाध्यक्षमा सुजन थापा, कोषाध्यक्षमा अप्सना परियार, सह–कोषाध्यक्षमा शिव भट्टराई तथा सदस्यहरुमा नितेश श्रेष्ठ र सुदेश तिवारीलाई थप गरि कार्य समितिलाई पूर्णता दिइने छ ।

कार्यक्रममा पूर्व कृषि राज्यमन्त्री ओम प्रकाश यादव गुल्जारी, रुपन्देही युवा समूह संस्थापक आनन्द प्रसाद गुप्ता, समाजसेवी गोविन्दराज पाण्डे, रजु धकाल, रुपन्देही युवा समूह बुटवल अध्यक्ष विमल पौडेल, सिद्धार्थनगर नगरपालिका अध्यक्ष प्रेम चौधरी लगायतले बोलेका थिए ।

कार्यक्रम रुपन्देही युवा समूह अध्यक्ष विशाल गुप्ताको अध्यक्षता, जिल्ला महासचीव कृष्ण प्रसाद खरेलको सञ्चालन तथा अभिषेक जैसवालको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।