२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

रोशन नेपाल स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति र सहयोग प्रदान 

शुक्रवार , कार्तिक २६, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २६ कात्तिक ।
    रोशन नेपाल स्मृति प्रतिष्ठानले छात्रवृत्ति वितरण र असहाय विद्यार्थीलाई सहयोग गरेको छ । प्रतिष्ठानले उजिरसिंह माविका कक्षा १० मा अध्यननरत विद्यार्थी तारालाल भण्डारी, कक्षा ९ की गोमा भण्डारी, पूर्व प्रधानाध्यापक कालिका मावि बुटवलका कौशलराज बस्याललाई सम्मान एवं अनाथ तथा असहाय महिला कल्याण समाजका अध्यक्ष मैनादेवी भण्डारीलाई कापी, कलम, तन्ना, तकिया, खोल सेट हस्तान्तरण गरेको अध्यक्ष डा. रामचन्द्र आचार्यले बताए ।

    त्यस्तै सिद्धार्थ बोर्डिङ स्कूलका उत्कृष्ट विद्यार्थी अनितादेवी राना, महाविर इङलिस स्कूल बुटवलका सल्मा अन्सारी, अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई आश्रम आश्रित बालबालिकाको खाद्य सहयोगका वापत ६ हजार ५ रुपैयाँ हजार नगद हस्तान्तरण गरिएको प्रतिष्ठानका सचिव कृष्ण प्रसाद नेपालले बताए ।

    सोही कार्यक्रम अन्तर्गत बुटवल उमहानगरपालिका वडा नम्बर २ का जेष्ठ नागरिक ९९ वर्षीय पूतला देवी अर्गाली र ९४ वर्षिय लालीदेवी थापालाई नगद, हर्लिक्स, फलफूल तथा दोसल्ला ओढाई सम्मान गरिएको सचिव नेपालले बताए ।

    कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र ढकाल, प्रतिष्ठानका संरक्षक सावित्री नेपाल, आश्रमका अध्यक्ष कृष्ण प्रसाद शर्मा, ऋषिराम भुसाल, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु मोहनराज शर्मा, ज्ञानु लिगल, शरद भुसाल, रोहित नेपाल, मैनादेवी भण्डारी, घनश्याम गौतम, कौशल राज बस्याल प्रतिष्ठानका सल्लाहकार शिव नेपाल लगायतको उपस्थिति रहेको थियो ।