images

बिहिवार, बैशाख १३ गते २०८१

ढाकावाङ्गमा भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि हंसपुरलाई

ढाकावाङ्गमा भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि हंसपुरलाई

images
images
images
आइतवार, कार्तिक २८ २०७८
आइतवार, कार्तिक २८ २०७८
  • ढाकावाङ्गमा भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि हंसपुरलाई

    अर्घाखाँची, २८ कात्तिक ।
    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ को ठुलापोखरामा भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि हंसपुर भलिबल समूहले जितेको छ ।
    देविकास्थान झाँकिशाला टोल विकास संस्थाले कात्तिक २४ गते देखि २६ गतेसम्म आयोजना गरेको खेलको शुक्रबार फाइनल खेल भएको हो ।

    images

    सहभागी ११ समूहमध्ये प्रथम स्थानका लागि आयोजक समूह र हंसपुर भलिबल समूहबीच भएको खेलमा आयोजकलाई पछि पार्दै हंसपुर भलिबल समूहले प्रथम स्थान हासिल गर्न सफल भएको हो भने आयोजक दोस्रो भएको छ ।

    त्यसै गरी तेस्रो स्थानको लागि ढाकावाङ्ग युवा परिषद् र रोयल ढाकावाङ्गबीच भएको खेलमा ढाकावाङ्ग युवा परिषद्लाई पछि पार्दै रोयल ढाकावाङ्गले तेस्रो स्थान हाता पारेको छ ।

    उक्त खेलमा प्रगतिशील युवा क्लबका विक्रम खड्क उत्कृष्ट र हंसपुर भलिबल टिमका किशन ठकुरी अनुशासन खेलाडी छनोट भएका छन् । उनलाई नगद र प्रमाणपत्रले सम्मानित गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि भुमिकास्थान नगरपालिका–२ नम्बर वडाका वडाध्यक्ष बुद्धि बहादुर थापा र अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापाले क्रमश २५ हजार, १५ हजार र १० हजारसहित सिल्ड मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए । जितेन्द्र खत्रीको अध्यक्षता तथा गणेश सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij