२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

स्याङ्जा सहयोग समाजको चौथो अधिवेशन मंसिर १३ गते हुँदै

मंगलवार , कार्तिक ३०, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • स्याङ्जा, ३० कात्तिक ।

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको चौथो अधिवेशन तथा विश्व सम्मेलन वालिङमा हुने भएको छ । मंसिर १३ गते (नोभेम्बर २९ तारिक) उक्त अधिवेशन हुने भएको हो । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका स्याङ्जाबासी दाजुभाइ दिदीबहिनीहरुको सामुहिक सामाजिक संस्थाको रुपमा परिभाषित यस संस्थाले गर्न गइरहेको अधिवेशनको तयारी तीव्र भएको आयोजकले बताएको छ ।

    ‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका साथ वालिङमा हुन गइरहेको उक्त महाधिवेशनले दुई वर्षे कार्यकालको समिक्षा र सक्रिय टिम निर्माणमा निम्ति देश तथा विदेशबाट प्रतिनिधिहरुको सहभागिता रहनेछ । प्रवासमा रहेर जन्मथलो स्याङ्जालीको उपस्थिति रहने अध्यक्ष जीवन न्यौपानेले बताए ।

    संस्थाको सचिवालय बैठकले अधिबेशन तयारीबारे महत्वपूर्ण निर्णयहरु समेत गरेको छ । हाल २० वटा भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद्हरु रहेको यस संस्थाको अधिवेशनमा संस्थागत उपस्थितिको निम्ति ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । समाजका अध्यक्ष जीवन न्यौपानेको अध्यक्षतामा अधिवेशन मुल आयोजक समिती गठन गरिएको छ ।

    विधान मस्यौदा समितीमा भोला पौडेल, प्रचारप्रसारमा मुक्ती सुवेदी, हेमन्त रानाभाट र डोलराज डुम्रेलाई जिम्मेवारी दिइएको छ भने पत्राचारका लागि हरी लुइँटेल, हल व्यवस्थापनमा खगेन्द्र गैरे र धर्म पराजुली, अतिथि सत्कारमा माया केसी र थर्क सेन, प्राबिधिक संयोजनका लागि राजेश पाण्डेलाई जिम्मेवारी बाँडफाँड गरिएको बताइएको छ।

    विशुद्ध रुपमा सामाजिक काम गर्दै आइरहेको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय कमिटिको समन्वयमा कोभिडको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पिडित तथा विभिन्न घटनाहरुमा ५० लाख भन्दा बढीको सहयोग गरेको संस्थाका कोषाध्यक्ष खगेन्द्र गैह्रेले बताएका छन ।