२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मुख्यमन्त्री पोखरेलको गाडिमा ढुङगा प्रहार, कांग्रेसनेताहरु प्रहरी नियन्त्रणमा 

आइतवार , आश्विन १८, २०७७

बुटवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडि माथी ढुङगा प्रहार गरिएको छ । कडा शुरक्षाका वीच भैरहवाबाट बुटवल फर्कर्दै गरेका मुख्यमन्त्री पोखरेलको गाडिमा प्रर्दशनकारिले तोडफोड गरेको प्रहरीले जनाएको छ । 

बुटवलको मिलनचोकमा मुख्यमन्त्रीको गाडिलाई लक्षित गरी हानिएको ढुङगाले मुख्यमन्त्री पोखरेलको स्कटिङमा रहेका दुईबटा गाडिमा सामान्य क्षती पुगेको प्रहरीले जनाएको छ । 

प्रदेश ५ को राजधानी र नाम सम्बन्धी प्रस्ताव संसदमा पेश गरेर काठमाण्डौ गएका मुख्यमन्त्री पोखरेल आज रुपन्देही फर्किएका हुन् । उनी भैरहवा स्थित गौतमबुद्ध बिमानस्थलमा ६ बजे ल्याण्ड भएर सवा ६ बजे बुटवल प्रस्थान गरेका थिए । मुख्यमन्त्रीको गाडिलाई लक्षित गरी कोटिहवा, शंकरनगर, राजमार्ग चौराहमा ढुङगा प्रहार गरिएको श्रोतको भनाई छ । 

यता प्रहरीले नेपाली काग्रेस आब्हान गरेको रुपन्देही बन्दको समापन गरेर फर्कदै गरेका नेपाली काग्रेसका ७ जना कार्यकर्तालाई बुटवलको मिलनचोकबाट नियन्त्रणमा लिएको छ । 

प्रहरी प्रदेश सभा सदस्यका उम्मेदवार बिष्णु पोखरेल, नेविसंघका केन्द्रिय उपसभापति मुुत्ती पौडेल, काग्रेस नेता हरेलाल पाण्डे, शिब गैरे, प्रकाश गैरे, ज्ञानेन्द्र कार्की, पत्रकार कमला पाण्डेलाई नियन्त्रणमा लिएको रुपन्देही काग्रेसले जनाएको छ ।