२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

रुपन्देहीमा आइतबार थपिए ४५ जना कोरोना संक्रमित

आइतवार , आश्विन १८, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, १८ असोज । 
    रुपन्देहीमा आइतबार थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १७ महिला र २८ जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार आइतबार बुटवल उपमहानगरपालिकाका २६, सिद्धार्थनगर नगरपालिकाका ४, तिलोत्तमाका ६, देवदहका २, मायादेवी, सैनामैना, कञ्चनका १/१ र सियारी गाउँपालिकाका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

    योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय १६ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

    जिल्लामा हालसम्म २ हजार १ सय २१ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ७ सय ६९ जना उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।