images

बुधवार, बैशाख ५ गते २०८१

प्रोफेसनल मास्टर्स–११ द्वारा सत्यजित सरकारलाई सम्मान

प्रोफेसनल मास्टर्स–११ द्वारा सत्यजित सरकारलाई सम्मान

images
images
images
शुक्रवार, मंसिर ३ २०७८
शुक्रवार, मंसिर ३ २०७८
  • प्रोफेसनल मास्टर्स–११ द्वारा सत्यजित सरकारलाई सम्मान

    भैरहवा, ३ मंसिर ।

    images
    images
    images

    प्रोफेसनल मास्टर्स–११ सिद्धार्थनगर, रुपन्देहीले सत्यजित सरकारलाई सम्मान गरेको छ । हालै मात्र सम्पन्न नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघको प्रथम अधिवेशनबाट अध्यक्षमा निर्वाचित सरकारलाई प्रोफेसनल मास्टर्स–११ ले भैरहवामा बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले सत्यजित सरकारले क्रिकेट खेलाडीपछि अम्पायरको रुपमा योगदान गर्नुभएको बताए । उनले खेल क्षेत्रमा प्रचुर सम्भावना हुँदाहुँदै राज्यको तर्फबाट खेल क्षेत्रमा ध्यान पुग्न नसकेको बताए । सरकारको कमजोरीका कारण खेल क्षेत्रको विकास अपेक्षा गरेअनुसार हुन सकेन, उनले भने । मुलुकलाई विश्वमै चिनाउने खेलकुद क्षेत्रको विकासका लागि राज्यको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

    प्रोफेसनल मास्टर्स–११ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष हरि बहादुर थापाले क्रिकेटमा सत्यजित सरकारको महत्वपूर्ण योगदान रहेको बताए । उनले सत्यजितले रंगशालामा धेरै समय दिनुभएको बताए । खेलकुद क्षेत्रको सम्भावना छ, विभिन्न खेलाडीको दिनचर्या क्रिकेटबाट परिवर्तन भएको छ, उनले भने ।

    नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघका अध्यक्ष सत्यजित सरकारले प्रोफेसनल मास्टर्स–११ ले सम्मान कार्यक्रम गर्दा खुसीको अनुभुति भएको बताए । उनले क्रिकेटको विकासका लागि आफू लागिपर्ने बताए । क्रिकेट खेलको विकासका लागि नेपाल क्रिकेट संघलाई झकझकाउँछौं, उनले भने ।

    राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सशुान्त बरालले क्रिकेट अम्पायर तथा स्कोरर संघको अध्यक्षमा निर्वाचित सत्यजित सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले विगतमा सरकारले ध्यान दिन नसकेको बताए । 
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले रुपन्देहीको क्रिकेटलाई यहाँसम्म पुर्याउन सत्यजित सरकारको महत्वपूर्ण योगदान रहेको बताए ।

    नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय सदस्य प्रेम कुमार सेञ्चुरीले खेलाडीलाई अगाडी बढाउनु अम्पायरको महत्वपूर्ण भूमिका रहेको बताए ।
    प्रोफेसनल मास्टर्स–११ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षता, सल्लाहकार गणेश बहादुर क्षेत्रीको स्वागत तथा सचिव लक्ष्मण ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij