२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

साइकल सिटी भैरहवाद्वारा दोलखाको विद्यालयलाई आर्थिक सहयोग

सोमवार , आश्विन १९, २०७७

भैरहवा, १९ असोज ।
साइकल सिटी भैरहवाले सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सोमबार दोलखाको भिमेश्वर बहिरा प्राथमिक विद्यालय चरिकोटलाई नगद हस्तान्तरण गरेको हो । साइकल सिटीले विश्व साइकलयात्री पुष्कर शाहलाई नगद ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । 

सो अवसरमा बोल्दै शाहले कक्षा ४ सम्म सञ्चालित विद्यालयमा विद्यार्थी प्रवेश गरेपछि सम्पूर्ण खर्च विद्यालयले व्यहोरेको बताए । उनले विद्यालयमा ५५ जना विद्यार्थी अध्ययनरत रहेको बताए । ‘प्रत्येक शहर साइकलमैत्री हुनुपर्छ, यसले आर्थिक, वातावरण र स्वास्थ्य क्षेत्रलाई सहयोग पुर्‍याउछ, उनले भने ।’

साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले भैरहवा साइकलको शहर बनोस् भन्ने साइकल सिटीको सोच रहेको बताए । उनले साइकल लेनको आवश्यकता रहेकोमा जोड दिए । ‘कमसेकम एक दिन भए पनि साइकलमा यात्रा गर्नुहोस्, उनले भने ।’

साइकल सिटी भैरहवाले सामाजिक उत्तरदायित्वलाई पनि अगाडी बढाउनुपर्छ भन्ने उद्देश्यले दोलखाको विद्यालयलाई केही भए पनि आर्थिक रकम प्रदान गरिएको उनले बताए ।

साइकल सिटी भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई लगायतको उपस्थिति रहेको थियो ।