
सोमवार , आश्विन १९, २०७७
बुटवल। प्रदेश ५ को नेकपा ससंदीय दलको बैठक शुरु भएको छ । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफल गर्नका लागि संसदीय दलको बैठक शुरु भएको हो ।
बिहान ७ बजेका लागि बैठक बोलाईएको भएपनि मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेल ११ बजेपछि मात्रै संसद भवन गरेपछि बैठक शुरु भएको हो ।
मुख्यमनत्री पोखरेल कडा शुरक्षाका वीच संसद प्रबेश गरेका हुन् । उनीसंगै मन्त्रीहरु पनि संसद गरेको बताईएको छ ।
मुख्यमन्त्री पोखरेल तथा मन्त्रीहरु पुगेपछि बैठक शुरु भएको हो । बैठकमा प्रदेशको नाम र राजधानीका बिषयमा सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप लगाउने तयारी भएको बुझिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij