२०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

घाईते पन्तलाई गृहमन्त्रीले भेटे

आइतवार , मंसिर ५, २०७८

  • 13.3K
    Shares
  • 13.3K
    Shares
  • बुटवल । अधिवेशनका क्रमममा भएको विवादपछि कुटिएका रुपन्देहीका स्थानिय नेता शैलेस पन्तलाई गृहमन्त्री वालकृष्ण खांणले अस्पताल पुगेर भेटेका छन् ।

    पार्टिको दुई पक्षका विच भएको विवादका क्रममा दुई दिन अघि पन्त कुटिएका थिए । उनको नाकको हड्डी फ्याक्चर भएको छ ।

    गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता खांण घाईते पन्तलाई भेट्न बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगेका थिए ।

    सो क्रममा गृहमन्त्री खांणले घाईते पन्तको शिर्घ स्वास्थ्य लाभको कामना गरे । उनले भने, "कुनै चिन्ता नलिई उपचार गराएर निको हुनु त्यसपछि यो विषयमा पार्टि भित्र पनि छलफल हुन्छ ।"

    यस अघि गृहमन्त्री खांणको निर्देशनमा पन्त माथी कुटपिट भएको भन्दै पौडेल पक्षले पत्रकार सम्मेलन गरेको थियो । यो विषयमा आफुलाई कुनै जानकारी नै नभएको भन्दै गृहमन्त्री खांणले घटनाप्रति दुंखव्यक्त गरेका छन् ।घाईते पन्तले आफ्नो गुनासो गृहमन्त्री खांणलाई राख्दै स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराएका थिए ।