२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

स्वास्थ्यकर्मी संघको अध्यक्षमा पुनः ढकाल

आइतवार , मंसिर ५, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • तिलोत्तमा, ५ मंसिर ।
    राष्ट्रिय स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो अधिवेशनबाट रामेश्वर ढकाल पुनः अध्यक्ष चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा विष्णुप्रसाद ढकाल, महिला उपाध्यक्षमा कुमारी हरि केसी, सचिवमा गणेश भण्डारी, सह–सचिवमा अविनाश अधिकारी र कोषाध्यक्षमा युवराज दिशा मगर चयन भएका छन् ।

    त्यसै गरी सदस्यहरुमा शेषनाथ गुप्ता, विजयनाथ चौधरी, पुरुषोत्तम घिमिरे, हेमराज पन्थी, कुलबहादुर खत्री, लेखनाथ पाण्डे, गिताराम रिजाल, रेशमबहादुर सुनार, रामप्रसाद अर्याल, गितादेवी पाण्डे, गिता फुल्लेल पोख्रेल, लक्ष्मी पंगेनी, बालकृष्ण पौडेल, सिद्धार्थ आचार्य र भोजराज पोखरेल चयन भएका छन् ।

    अध्यक्षमा चयन भएपछि ढकालले संघलाई अझ एकतावद्ध र संगठित रुपमा अघि बढाइने र स्वास्थ्यकर्मीको हक हितको रक्षाका लागि बुलन्द आवाज उठाउने बताए ।

    राष्ट्रिय स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको शनिबार पूर्व स्वास्थ्य एवं गृह मन्त्री तथा एमाले नेता खगराज अधिकारीले उद्घाटन गरेका थिए ।