images

शुक्रवार, चैत्र १६ गते २०८०

पुनस्र्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम 

पुनस्र्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम 

images
images
images
बुधवार, मंसिर ८ २०७८
बुधवार, मंसिर ८ २०७८
  • पुनस्र्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम 

    भैरहवा ८ मंसिर। अपाङ्गता भएका ब्यक्तिहरुद्वारा संचालित संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि पुनस्र्थापना सम्बन्धि २ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाका व्यक्तिहरु सम्मेलित कार्यक्रम पाल्पाको तानसेनमा सम्पन्न भएको हो। 

    images
    images
    images

    पुनस्र्थापना सेवा एकीकृत गर्न क्षमता अभिवृद्धि गर्ने र स्वास्थ्य तथा पुर्नस्थापनाको बारेमा साझा धारणा निर्माण गर्ने उदेश्यले अभिमुखिकरण राखिएको थियो। कार्यक्रममा पाल्पा, गुल्मी र अर्घाखाँचीका १२ वटा सदस्य संस्थाहरुबाट ०९ महिला र १२ पुरुष गरी २१ जना (अपाङ्गता प्रकार अनुसार शारिरिक ८ जना, दृष्टि सम्बन्धी ७ जना, अभिभावक ६ जना) को सहभागितामा अभिमुखिकरण कार्यक्रम भएको छ।

    अभिमुखिकरण कार्यक्रम यु.एस.एड र एच.आईको आर्थिक सहयोगमा सञ्चालन भएको परियोजना अधिकृत श्रृजना पन्थीले बताईन्। अभिमुखिकरणमा स्वास्थ्य र पुर्नस्थापना सेवाको परिचय, अवधारणा, अपाङ्गता भएका ब्यक्तिका स्वास्थ्य र पुनस्र्थापनासंग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरु, प्रदेश तथा स्थानिय तहमा पुनस्र्थापना सेवामा पहुँचलाई प्रोत्साहित गर्न वकालतको आवश्यकता, बजेट योजना प्रकृया र यसका चरणहरु, बजेट विनियोजन तथा पुनस्र्थापना सेवामा पँहुच वृद्धि गर्नका लागि स्थानीय सरकार, स्थानीय पुनस्र्थापना सेवा प्रदायकहरूसंगको समन्वय र  स्थानिय तहमा स्वास्थ्य र पुर्नस्थापना सेवा प्रवर्धन गर्न सदस्य संस्थाको भुमिका आदि विषयहरुमा छलफल गरि कार्ययोजना तयार गरिएको छ। 

    सहभागिहरुको सक्रिय सहभागितामा कार्यक्रम भएको थियो। सहभागीको तर्फबाट बौद्धिक अभिभावक संघ गुल्मीका रघुनाथ मरासिनी, र सृजनसिल अपाङ्ग सरोकार केन्द्रका फर्सुराम पाण्डेले पुर्नस्थापना सवालमा स्थानिय तहमा आफुहरु अब कार्ययोजना नै बनाएर स्थानिय सरकारसंग पैरवी गर्न तयार रहेको बताएका छन्। 

    260160875_627094738649344_4900813289764514990_n.jpg

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय सदस्य सन्तोष पन्थको प्रमुख आतिथ्यता, प्रदेश सदस्य दामोदर बिसीको स्वागत मन्तब्य साथै राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष देवीदत्त आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। 

    सो अबसरमा प्रदेश परियोजना अधिकृत श्रृजना पन्थी, अध्यक्ष देवीदत्त आचार्य, प्रदेश सचिव हुमनाथ अधिकारी र संघिय सदस्य सन्तोष पन्थको सहजिकरणमा २ दिने अभिमुखिकरण भएको हो। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij