२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

दोस्रो पटक बसेको प्रदेशसभा बैठकमा तोडफोड

सोमवार , आश्विन १९, २०७७

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • रुपन्देही, १९ असोज ।

    प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई वनाउने प्रदेश नम्बर ५ सरकारद्वारा प्रस्ताव पेश गरेको विरोधमा प्रदेश ५ को प्रदेशसभामा सोमबार (आज) दोस्रो पटक बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कुर्सी भाँचेको छ ।

    स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल सुरु भएसंगै विपक्षी दलका सांसदहरुले दिउँसो २ बजे बस्ने गरी स्थगित भएको बैठक तोकिएको समय भन्दा १ घण्टा पुग्न लाग्दा बसेको दोस्रो बैठकमा रुपन्देहीलाई नै स्थायी राजधानी बनाउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरुले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल माथि कुर्सी फालेर भाँचेका हुन् ।

    यसअघि दिउँसो १ वजेको वसेको पहिलो बैठकमा नेपाली कांग्रेसको विरोधका कारण बैठक रोकिएको थियो । दोस्रो पटक सुरु भएको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले छलफल गर्ने प्रस्ताव पेश गरेसँगै विपक्षीहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।