images

बिहिवार, बैशाख १३ गते २०८१

पञ्चकन्या समुहद्वारा मजदुरहरुको नि:शुल्क आँखा परिक्षण 

पञ्चकन्या समुहद्वारा मजदुरहरुको नि:शुल्क आँखा परिक्षण 

images
images
images
बुधवार, मंसिर ८ २०७८
बुधवार, मंसिर ८ २०७८
  • पञ्चकन्या समुहद्वारा मजदुरहरुको नि:शुल्क आँखा परिक्षण 

    भैरहवा।
    पञ्चकन्या समूहले आफ्ना सम्पूर्ण कर्मचारी तथा मजदूरको निःशुल्क आँखा परीक्षण गराएको छ । समूहले सामाजिक उत्तरदायित्व अन्तरगत आफ्ना कर्मचारी तथा मजदूरको निःशुल्क आँखा परीक्षण गरिएको हो । 

    images

    नेपाल नेत्र ज्योति संघ, श्री रण अम्बिका शाह आखा अस्पताल भैरहवाको आयोजना तथा पञ्चकन्या समुहको सहकार्यमा भएको शिविरमा ३ सय जना बढी मजदूरको आँखा परीक्षण गरिएको थियो ।

    कर्मचारी तथा मजदूरको आँखा परीक्षणपछि उनीहरुमा काम गर्ने मनोबल थप वृद्धि हुने हुदा यस्ता कार्यले उद्योग र मजदूर दुवैलाई टेवा पुग्ने विश्वास गरिएको छ । 

    शिविरको पञ्चकन्या समुहका उपाध्यक्ष धुर्वकुमार श्रेष्ठले सुभारम्भ गरेका थिए । उद्योग परिसरमा आयोजना गरिएको शिविरमा उपाध्यक्ष श्रेष्ठले पनि आँखा परीक्षण गराएका थिए । सो अवसरमा उपाध्यक्ष श्रेष्ठले मजदूरको स्वास्थ्य परीक्षण गर्ने उद्योगको नीति अनुरुप आखा शिविर नै राखेर आँखाको परीक्षण गरिएको बताए । 

    समय अभावका कारण सबै मजदूरहरु अस्पतालसम्म पुग्न नसक्ने भएकाले उद्योग परिसरमै शिविर सञ्चालन गरिएको श्री रण अम्बिका शाह आखा अस्पताल भैरहवाका बाह्य कार्यक्रम संयोजक संजीव अधिकारीले जानकारी दिए । उनले लुम्बिनी प्रदेशमै पहिलो पटक उद्योगमा पुगेर आँखा शिविर सञ्चालन गरिएको उल्लेख गरे । उनले अस्पतालबाट दिइने सेवा उद्योगबाटै दिइएको उल्लेख गर्दै अधिकारीले यसले उद्योगका मजदूरलाई ठुलो सहयोग पुगेको बताए । 

     

    IMG_20211124_104144.jpg

    IMG_20211124_103616.jpg

    पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले उद्योगमा कार्यरत १ हजार मजदुरमध्ये प्लाष्टिक र स्टीलमा काम गर्ने ३ सय जना मजदूरको आँखा परीक्षण गरिएको जानकारी दिए । आँखा परीक्षण गरिएकामध्ये ३ जनामा मोतियाविन्दु, २४ जनामा दृष्टिदोष, ६० जनामा नजिकको दोष र ३ जनामा रंग दोष देखिएको उनले बताए । पञ्चकन्याले आँखाका साथसाथै मधुमेह तथा क्यान्सर समेतको परीक्षण गर्ने सोच बनाएको बताए । उनले पञ्चकन्या समूहले उद्योग सञ्चालन गरेर नाफा मात्रै कमाउने मात्र नभइ कर्मचारी र मजदूरको हितमा पनि काम गर्ने गरेको बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij