२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

ईन्जीनियर चौरासीयाको रिहाईको माग गर्दै भ्यालुयर्स एशोसिएसन लुम्बिनीद्वारा बुटवलमा धर्ना

बुधवार , मंसिर ८, २०७८

बुटवल। नेपाल ईन्जिनियर्स एसोसियसन बिरगंज केन्द्रका सदस्य एवं बिरगंज उपमहानगरपालिकाका ईन्जीनियर राजेश कुमार चौरासियालाई रिहाईको माग गर्दै नेपाल भ्यालुयर्स एशोसियसन लुम्बिनी प्रदेश समितिले बुटवलमा बिरोध तथा धर्ना गरेको छ। इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवल मिलनचोकमा रहेको कुमारी बैकं अगाडी धर्ना गरेको हो। 

नक्कली लालपूर्जा, ब्लु प्रिन्ट नक्सा र वडा कार्यालयबाट नक्कली चौहदी प्रमाणित गराई फर्जी १७ करोडको ऋण लिएको घटनामा छानबिन गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले चौरसियालाई नियन्त्रणमा लिएको थियो। 

एशोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष शैलेन्द्र प्रसाद श्रेष्ठले बैंकले उपलब्ध गराएको कागजातका आधारमा जग्गाको मूल्यांकन गरेकोले पक्राउ परेका इन्जिनियर चौरसिया निर्दाेष रहेको बताउँदै तत्काल रिहाई गर्नुपर्ने बताए।

बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहका लागि आवश्यक धितोको मूल्यांकन गर्ने कार्यमा संलग्न रहेका चौरसियालाई पूर्वाग्रही तरिकाले फसाउन खोजिएको एशोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष श्रेष्ठले बताए। 

260433614_226513472925116_8825977372706451396_n.jpg

चौरासियालाई रिहाई नगर्दा सम्म सम्पूर्ण कामकाजहरु ठप्प पार्ने प्रदेश अध्यक्ष श्रेष्ठले चेतावनी समेत दिए।  केन्द्रीय उपाध्यक्ष जीवन अर्याल, सल्लाहकारहरु दुजेन्द्र बस्नेत, टंक पोखरेल लगायतका करिब ३० जना सदस्यको सहभागिता रहेको थियो। 

धर्नामा सहभागीहरुले मुल्याकंनको प्रकृया एकिन गर, कागजात प्रमाणीकरण ईन्जीनियरले गर्दैन, समान सम्झौता कायम गर, ईन्जीनियरलाई लगाईएको बैकिंङ कसुर फिर्ता गर, अनाधिकृत रुपमा ईन्जीनियरलाई कालोसुचिमा राख्ने काम बन्द गर लगायतका प्लेकार्डहरु समेत प्रदर्शन गरेका थिए।