images

शुक्रवार, चैत्र १६ गते २०८०

विश्वकप एसिया छनोट:  नेपालद्वारा कुवेत पराजित

विश्वकप एसिया छनोट:  नेपालद्वारा कुवेत पराजित

images
images
images
बिहिवार, मंसिर ९ २०७८
बिहिवार, मंसिर ९ २०७८
  • विश्वकप एसिया छनोट:  नेपालद्वारा कुवेत पराजित

    विश्वकप एसिया छनोट  नेपालद्वारा कुवेत पराजित
    काठमाडौँ, ९ मङ्सिर। आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ। 

    संयुत अरब इमिरेट्स युएई को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पा¥यो। यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो।  

    त्यस्तै नेपाल पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो। कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा ग¥र्यो। नेपालको जितमा इन्दु बर्माले १३ रन जोडिन भने कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन। कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २७ रन जोडेको थियो। कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन।
    कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक–एक विकेट लिए।
    कुवेत भने अघिल्ला दुबै खेलमा पराजित भएको थियो। कुवेत भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजित भएको थियो। नेपालले अब भोलि मलेसियासँग खेल्नेछ।रासस

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij