२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सभामुखले जर्वजस्त प्रक्रिया अघि बढाउँदा ‘रणमैदान’ बन्यो प्रदेश सभा 

सोमवार , आश्विन १९, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकै बीचमा प्रदेश ५ को राजधानी र नामको विषयमा सोमबार बैठक शुरु भयो।  अपराह्न १२ बजेका लागि बोलाईएको बैठक करिब एक घण्टा पछि एक बजे सुरु भयो। 

बैठक सुरु हुनासाथ काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले आफ्नो कुरा राखे। उनले प्रदेश राजधानी र नाममा मुख्यमन्त्रीले केन्द्रबाट प्रस्ताव दर्ता गराएर गैरसंवैधानिक काम गरेको आरोप लगाए। उनले बोले लगत्तै केही बेर कांग्रेस सांसदले रोस्टम घेरेर विरोध जनाए, नारा वाजी गरिराखे। त्यसपछि भने सभा स्थगित भयो। सभामुख पूर्णबहादुर घर्तीले २ वजेसम्मका लागि बैठक स्थगित गरे।

ढिलो गरी सुरु भएको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध सुरु र्गयो। प्रतिपक्षले विरोध जारी राख्ने देखेपछि सभामुखले बैठकलाई जबरजस्ती चलाउने तयारी गरे। सभामुखले पेलेर प्रदेश सभा चलाएपछि प्रतिपक्ष पनि आक्रोशित भयो।  प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरु सभामुखमाथि नै आक्रमणमा उत्रे। उनीहरुले संसद भवनको कुर्सी र माइक तोडफोड गरे। सभामुख घर्तिले काग्रेसले बिरोध जारी राखेकै बेला बैठकलाई जर्वजस्ती गरेपछि बैठकमा नेपाली काग्रेसका सांसद बसीउद्धिन खाँनले कुर्ची तोडे ।

उनले कर्ची तोडेपछि अन्य सांसदहरुले पनि कुर्ची र डेवल तोडफोड गरे । केहि समयमै प्रदेश सभा रणमैदान बन्न पुग्यो। काग्रेस सांसदले नारावाजी तोडफोड गरेपछि प्रदेश सभा बैठक केही बेर अवरुद्ध भयो। प्रतिपक्षले रोस्टममा नाराबाजी गरिरहे। 

जसरी पनि प्रस्तावमा छलफल गराउने मनसायमा रहेका सभामुखले  बैठक फेरि सुरु गरे। सभामुखले जसपाका केही सांसद, नेकपाका सांसद र जनमोर्चाको सांसदलाई आफ्नो कुरा राख्न समय दिए। प्रदेश सभाको बैठकमा सत्ता पक्ष नेकपाकै सांसदहरुले पनि प्रदेश राजधानीको विषयमा भएको असन्तुष्टि राखे। जनमोर्चा सांसदले संघीयता आवश्यक नभएको तर्क पेश गर्न भ्याइन। जसपाका एक सांसदले भने दाङ राजधानी राख्ने विषयमा सर्मथन गरे। जसपा सांसदले प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने सरकारको निर्णयमा जनता समाजवादी पार्टीले समर्थन जनाए पनि प्रदेशको नाममा भने असन्तुष्टि जनाए।

जसपाको सांसद विजय यादवले जारी प्रदेश सभामा बोल्दै प्रदेश सरकारले दाङमा स्थायी राजधानी राख्ने निर्णय गरेको प्रति जसपाले समर्थन गर्ने निर्णय गरेको बताए। प्रदेश सांसदहरुले छलफलमा भाग लिएपछि सभामुखले कानुनमन्त्री कुलप्रसाद केसीलाई सांसदले उठाएको प्रश्नको जवाफ दिन समय दिए। कानुनमन्त्री रोस्टममा पुगेपछि प्रतिपक्षले झन चर्को स्वरमा नारा लगाए। सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन पुगेका कानुनमन्त्रीले रोस्टमबाट जवाफ नदिएपनि आफ्नो भाषण भने गरिराखे । 

उनले किन दाङ नै राख्नुपर्ने आवश्यकता भयो भन्ने बारेमा जवाफ दिने भन्दा यसअघि विज्ञसमेत समावेश भएको समितिले बनाएको रिपोर्ट सार्वजनिक गर्ने घोषणा गरे। उनले राजधानीका विषयमा गरिएको अध्ययनको रिपोर्ट सभामुखलाई हस्तान्तरण गरे।

सभा चलिरहँदा समामुखले प्रस्तावमाथि संशोधनका लागि आह्वान गरे। उनले १८ घन्टाभित्र यो प्रस्तावको संशोधन चाहनेले प्रस्ताव प्रदेश सभाको सचिवालयमा पेश गर्न समय दिएको बताए। कानुनमन्त्रीले आफ्नो कुरा राखेपछि सभामुखले प्रदेश सभाको नाम र राजधानीको प्रस्तावबारे छलफल समाप्त भएको घोषणा गर्दै अर्को बैठक मंगलबार १२ बजे फेरि बस्ने घोषणा गरे।

सभामुखको यो घोषणासँगै प्रदेश ५ को प्रदेश सभाको आजको बैठक अन्त्य भएको छ।