२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

गुल्मी कांग्रेस सह–सचिवमा प्रेस युनियनका अध्यक्ष कुवँरको उम्मेदवारी

बिहिवार , मंसिर ९, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • गुल्मी। नेपाल प्रेस युनियन गुल्मीका सभापति तथा नेपाल पत्रकार महासघं गुल्मीका उपाध्यक्ष रेशम कुवँरले जिल्ला कार्यसमिति सह–सचिबमा उम्मेद्वारी दिएका छन्। 

    २०४६ साल भाद्र महिनामा साधारण सदस्यता र मंसिरमा कृयाशिल सदस्याता लिई राजनितिमा प्रवेश गरेका कुवँर जिल्लामा सक्रिय तथा कुशल राजनीति कर्मीको रुपमा चिरपरिचित छन्। २०५३ साल देखी ०५९ सालसम्म रेसुङ्गा बहुमुखी क्याम्पसमा इकाई सदस्यमा रहेर काम गरेका थिए। 

    कुवँर लोकतान्त्रीक पत्रकारको साझा संस्था प्रेस युनियन गुल्मीको संस्थापक हुदैँ सह सचिबमा रहि जिम्मेवारी पूरा गरेका थिए।  उनी २ कार्यकाल सचिव हुदैँ हाल सम्म प्रेस युनियनको जिल्ला सभापतिमा रही जिल्लामा क्रियाशिल छन्। १२ औँ अधिवेशनबाट गुल्मीको क्षेत्र नम्बर ३ को कार्यसमिति सदस्य र सूचना तथा संचार विभागको संयोजक र १३ औं महाधिवेशनबाट नेपाली कांग्रेस इस्मा –६ अम्मरपुर गाउँ कार्यसमितिको सभापति समेत बनेका थिए।

    नेपाली कांग्रेस गुल्मीलाई सबल, सक्षम र संगठित निर्माणका लागि आफनो उम्मेदवारी जिल्ला सह–सचिवमा रहेको कुँवरले बताए। संगठनको सुदृढीकरण र सबलीकरण गर्न, संगठनको संस्थागत बिकास, नेपाली कांग्रेस आय ब्ययलाई ब्यवस्थित गर्न सहयोग गर्ने उदेश्यले आफुले उम्मेदवारी दिने निर्णय आफुले लिएको कुवँरको भनाई छ। 

    नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत यहि मंसिर १० गते अर्थात भोली नेपाली काँग्रेस गुल्मीको ८ औं अधिबेशन हुदैँ छ। पार्टीमा सबैलाई एकरुपता बनाई गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने कुवँरले बताएका छन्।