२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेश–५ : प्रदेशसभा बैठक मंगलबारसम्मका लागि स्थगित

सोमवार , आश्विन १९, २०७७

बुटवल, १९ असोज । 
प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक मंगलबार (भोली) १२ बजे बस्ने गरी स्थगित भएको छ । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव माथी छलफल गर्ने कार्यसूची रहेको सोमबार (आज) को बैठक दिउँसो १ बजेदेखि सुरु भइ केही समयपछि स्थगित भएर झण्डै १ घण्टापछि पुन. सञ्चालन भएको थियो । 

बैठकमा स्थायी राजधानीको प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका अन्य साना दलहरुले संसद कक्षमै नाराबाजी गर्दै कुर्ची टेबल समेत तोडफोड गरेपछि बैठक मंगलवार बस्ने गरी स्थगित भएको हो ।

त्यसै गरी संसद वैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद भोज प्रसाद श्रेष्ठले स्थायी राजधानी दाङ प्रस्तावको विरोध गरेका थिए । विधि र प्रक्रियाविपरीत प्रस्ताव ल्याइएको बताउँदै उनले अव्यवहारिक ढंगले स्थायी राजधानी दाङ राख्ने प्रस्ताव आएको जनाएका थिए । 

त्यस्तै सत्ता पक्षका विभिन्न सांसदहरुले रुपन्देही, दाङ अथवा कपिलवस्तुमध्ये एक जिल्लामा स्थायी राजधानी रहनुपर्ने भन्दै आ–आफ्नो धारण व्यक्त गरेका थिए । बैठक अवधिभर नाराबाजी गर्दै, विपक्ष दलका सांसदहरुले चोर बाटोेबाट संसदमा दाङ स्थायी राजधानी प्रस्ताव ल्याईएको बताउँदै कडा विरोधमा उत्रिएका थिए ।