२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

तिलोत्तमा रत्तदाता समाजद्वारा रत्तदान कार्यक्रम 

शनिवार , मंसिर ११, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • तिलोत्तमा। तिलोत्तमा रत्तदाता समाज रुपन्देहीको आयोजनामा खुल्ला रत्तदान कार्यक्रम सम्पन्न भएको छ। 

    स्थानिय मधवलिया फार्मेसीको संयोजनमा मधवलियामा भएको कार्यक्रममा ६५ जनाले रत्तदान गरेका थिए। रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रत्तदान कार्यक्रम आयोजना गरिएको समाजका महासचिव अरुण पन्थीले जानकारी दिए। 

    समाजका सभापति गोविन्द बन्जाडेको अध्यक्षता, तिलोत्तमा बडा नम्बर १७ का वडा अध्यक्ष दानबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मधवलिया टोल बिकास सस्थाका अध्यक्ष नर बहादुर गुरुङ, उद्योगपति आनन्द पन्थी लगाएतले बोलका थिए। 

    IMG_20211127_114044.jpg

    सो अवसरमा नियमित रत्तदाता मन्जुदेवि गौडको उपचारका लागि १५ हजार १ सय रुपैया संकलन गरी सहयोग गरेका थिए। गौड क्यान्सर पिडित हुन्। उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। समाजले बिभिन्न खालका सचेतनामुलक कार्यक्रम गर्दै आएको छ। समाज गत बर्ष स्थापना भएको थियो।