images

बिहिवार, बैशाख ६ गते २०८१

मतपत्रमा संकेत भेटिएपछि रोकिएको गुल्मी कांग्रेसको मतदान आइतबार हुने

मतपत्रमा संकेत भेटिएपछि रोकिएको गुल्मी कांग्रेसको मतदान आइतबार हुने

images
images
images
शनिवार, मंसिर ११ २०७८
शनिवार, मंसिर ११ २०७८
  • मतपत्रमा संकेत भेटिएपछि रोकिएको गुल्मी कांग्रेसको मतदान आइतबार हुने

    गुल्मी, ११ मंसिर ।
    नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीमा ८ औं जिल्ला अधिवेशन मंसिर १० गतेदेखि चलिरहेको छ । जिल्ला कार्यसमितिमा सर्वसम्मति हुन् नसकेपछि शनिबार नेतृत्व चयनका लागि जिल्ला सदरमुकाम तम्घास चिदिचौर मैदानमा मतदान चलिरहेको थियो । दिउँसो मतदान चालिरहेको बेला मतपत्रमा संकेत भेटिएपछि दिउँसो २ बजेदेखि कांग्रेसमा विवाद चुलिएको थियो । मतपत्रमा संकेत भेटिएपछि जिल्ला सभापतिका उम्मेदवार बेद बहादुर थापा मगर मतदानस्थलबाट निस्किएका थिए भने उनका प्रतिष्पर्धी खिलध्वज पन्थी मतदानस्थलमै रहेका थिए ।

    images
    images
    images

    विवादलाई साम्य पारी मतदानलाई अगाडि बढाउने उद्देश्यले वर्तमान कार्यसमितिसहित सभापतिकाद्धय उम्मेदवारलाई पनि दिउँसो विपी स्मृति भवनमा बैठकका लागी बोलाइएको तर बैठकमा सभापतिका उम्मेदवार थापा अनुपस्थित रहेको नेपाली कांग्रेस गुल्मीले जनाएको छ । 

    केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार आइतबार (भोलि) अर्थात् मंसिर १२ गते चिदिचौरमा नै बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मुसिकोट नगरपालिकाको मतदान हुने निर्वाचन अधिकृत सतिश कुमार झाले बताए ।

    जिल्लाका १२ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । मतदान सकिएको क्षेत्रका मतपेटिका पार्टी कार्यालयमा राखिएको छ । जिल्लाका उपसभापति पदका लागि अनन्तराम पौडेल, शिवबहादुर खत्री र झविन्द्र बिश्वकमाले उम्मेदवारी दिएका छन् भने सचिवमा थम्मन बहादुर के.सी, भगत खड्का, पूर्ण के.सी., जगदिश भट्टराई, पृथ्वीबहादुर फौजदारले उम्मेदवारी घोषणा गरेका छन् । सह–सचिवमा रेशम कुवँर, छवि पाण्डे, धर्म पाण्डे र निरोज मरासिनीले उम्मेदवारी दिएका छन् । ५ जना (खस आर्य) सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा ९ सय ३९ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् भने २ मा ८ सय २७ जना प्रतिनिधि रहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij