images

शनिवार, बैशाख १५ गते २०८१

कालिका मानवज्ञानमा महिनाव्यापी खेलकूद सुरु

कालिका मानवज्ञानमा महिनाव्यापी खेलकूद सुरु

images
images
images
शनिवार, मंसिर ११ २०७८
शनिवार, मंसिर ११ २०७८
  • कालिका मानवज्ञानमा महिनाव्यापी खेलकूद सुरु

    बुटवल, ११ मंसिर । 
    बुटवलको कालिका मानव ज्ञान माविले महिनाव्यापी आन्तरिक  खेलकूद प्रतियोगिता शुरु गरेको छ । विद्यालयको ६१ औं वार्षिकोत्सबको अवसर पारेर विद्यार्थीहरुलाई खेलकूद र अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले खेलकूद महिना कार्यक्रम सुरु गरिएको हो । 

    images

    शुक्रबार उद्घाटन भएको कार्यक्रम अन्तर्गत शनिबार एथलेक्टिसका खेलहरु भएका छन् । जसमा ३ हजार मिटर दौडमा छात्रतर्फ आकाश खत्री र छात्रातर्फ रक्षा थापा प्रथम तथा सचिन सारु र काजल डांगी दोस्रो भएका छन् । त्यस्तै १५ सय मिटर दौडमा आकाश खत्री र रक्षा थापा  प्रथम तथा  सचिन थापा र काजल डांगी दास्रो भए । यस्तै लङजम्पमा विशाल पराजुली र कृति पराजुली प्रथम भएभने सचिन सारु दोस्रो र राहुल अर्याल तेस्रो भएका विद्यालयका खेल संयोजक हरिश वलीले जानकारी दिए । 

    त्यस्तै ज्याभलिन थ्रोमा विशाल पराजुली र तृष्णा तरामु प्रथम भए । ८ सय मिटर दौडमा आकाश खत्री प्रथम र सचिन थापा दोस्रो भए । २ सय मिटर दौडमा महेश खत्री र अनिशा कुंवर प्रथम, मिलन जीटी र कुमारी साहनी दोस्रो भएका छन् । ३ सातासम्म विद्यालयका आन्तरिक प्रतियोगिता हुने र अन्तिम साता जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिता हुने खेल संयोजक वलीले बताए । खेलकुद प्रतियोगिताको विद्यालयका प्राचार्य दिनेश थापाले उद्घाटन गरेका थिए । उत्कृष्ट खेलाडीलाई विद्यालयले वार्षिकोत्सव मूल समारोहमा पुरस्कृत गर्ने विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij