
आइतवार , मंसिर १२, २०७८
बुटवल, १२ मंसिर ।
रुपन्देहीमा दुईदिने जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता सुरु भएको छ । लियो क्लब अफ बुटवलको आयोजनामा आइतबारदेखि जिल्लास्तरीय कृष्णदेवी बज्राचार्य स्मृति अन्तर मावि टेबलटेनिस प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उद्घाटन गरेका छन । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका क्लबको आयोजनामा विगत लामो समयदेखि प्रतियोगिता आयोजना गरिदै आएको लियो क्लब अफ बुटवलका अध्यक्ष रमेश न्यौपानेले बताए ।
कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका प्रदेश संयोजक विष्णु ढकाल, रुपन्देही जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्य, प्रमुख सल्लाहकार अर्जुनमान सैजु, संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, लियो सल्लाहकार संजय जैसवाल, रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रमुख राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष समितराज बज्राचार्य, टेबलटेनिस लेभल २ प्रशिक्षक महेश खनालले व्यवसायिक रुपमा खेलाडी तयार गर्ने आधार बनाउन सरकारबाट सहयोग हुनुपर्ने बताए ।
कक्षा १ देखि ५ सम्म, कक्षा ६ देखि ८, कक्षा ९ देखि १२ सम्म छात्रछात्रा, छात्र डबल्स, छात्रा डबल्स गरि आठ विद्यामा खेल खेलाइएको छ । देवीनगरस्थित ओलीपथ कबर्ड हलमा सुरु भएको प्रतियोगितामा जिल्लाका २५ विद्यालयका करिब ३ सय ५० विद्यार्थी खेलाडीहरु सहभागी रहेका कार्यक्रम संयोजक गणेश न्यौपानेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij