२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

प्रदेश सभा ५ को बैठक शुरु, मतदान गर्न नेकपाको ह्विप 

मंगलवार , आश्विन २०, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • बुटवल । प्रदेश नं ५ प्रदेश सभा बैठक शुरु भएको छ । सरकारले प्रस्ताव गरेको स्थायी राजधानी र नामाकरणका विषयमा टुङगो लगाउन भन्दै बैठक बसेको हो ।  

    सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र राख्ने प्रस्ताव अघि सारेपछि सहमतिका लागि मंगलबार १२ बजेलाई बोलाएको बैठक १ घण्टा ढिला गरी सुरु भएको हो । 

    राजनीतिक दलहरुबिच सहमति नभए राजधानीको पक्ष र बिपक्षमा मतदान हुने भएको छ । प्रस्तावका पक्षमा मतदान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई ह्पीप लगाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीका बिषयमा सरकारी प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । सरकारले ल्याएको प्रस्तावमाथि तीन जनाले संसोदन प्रस्ताव हालेका छन् ।

    प्रदेश सभामा  ८७ जना सांसदहरु रहेका छन्  । जसमा ६१ जना सांसद नेकपाका रहेका छन् । त्यस्तै नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद प्रदेश नं.५ मा रहेका छन् । जसमा सभामुख र उपसभामुखले मतदान गर्न पाउने छैनन। नेकपा ५९ जनाले मात्र मतदान गर्न पाउनेछन् ।