
सोमवार , मंसिर १३, २०७८
बुटवल, १३ मंसिर ।
स्वर्गिय कृष्णदेवि बज्राचार्य स्मृति जिल्ला स्तरीय अन्तरमावि टेबलटेनिस प्रतियोगिता २०७८ को उपाधि न्यू होराईजन स्कुलले चुमेको छ । लियो क्लब अफ बुटवलको आयोजनामा बुटवल टेबलटेनिस एकेडेमी देवीनगरमा सोमबार भएको प्रतियोगितामा न्यू होराईजनले ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक सहित उपाधि हात पारेको हो ।
प्रतियोगितामा २ स्वर्ण, २ कास्यसहित गार्गी दोस्रो तथा १ स्वर्ण १ कास्य र १ रजत पदक सहित ज्ञानोदय मावि तेस्रो भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी गल्र्समा न्यू होराईजनकी प्रकृति राना, बोयजतर्फ गार्गीका प्रिन्स थापा, राईजिङ प्लेयर स्मृतिका कृशल देवकोटा, दिपकी प्रनिता केसी, बेष्ट डिसिप्लिन अवार्डबाट कान्ति मावि पुरस्कृत भएको छ ।
बोयजतर्फ कक्षा १ देखि ५ मा सगरमाथाका सनम थापाले दीपका गुल्सन धवललाइ ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारे । त्यसै गरी दीपका सचिन पुरी र लुम्बिनीका सुलभ न्यौपाने तेस्रो भए । त्यसै गरी कक्षा ६ देखि ८ तर्फ गार्गीका रितिम गुरुङले ज्ञानोदयका हेमन्त केसीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । न्यू होराईजनका सौरभ खड्का र सौरभ ज्ञवाली तेस्रो भए ।
बोयाजतर्फ कक्षा ९ देखि १२ तर्फ गार्गीका प्रिन्स थापाले होराईजनका प्रवेश बस्नेतलाई ४–१ को सेटमा पराजित गर्दै उपाधि हात पारे । खेलमा गार्गीका रितिम गुरुङ र न्यु होराईजनका रबिन सुनारी तेस्रो भए । डबल्सतर्फ न्यु होराईजनका प्रवेश बस्नेत र रबिन सुनारीको जोडीले गार्गिका रितिम थापा र प्रिन्स थापाको जोडीलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारे । यसैगरि दीपका विश्व सुनार र सैलेश क्षेत्रीको जोडी तथा ज्ञानोदयका हेमन्त केसी र गौतम आचार्यको जोडी तेस्रो भए ।
त्यस्तै गल्र्स कक्षा १ देखि ५ सम्मको खेलमा एपेक्सकी रोशनी भण्डारीले उपाधि हात पारिन् । उनले दीपकी प्रनिता गिरिलाई ३–१ को सेटमा पराजित गरिन् । स्मृतिकी रिया चौधरी र सगरमाथाकी सुचना सुनार तेस्रो भइन् । गल्र्स ६ देखि ८ कक्षासम्मको खेलमा ज्ञानोदयकी सिमरन राना प्रथम भइन् । उनले एपेक्सकी निकिसा खरेललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारिन । लुम्बिनीकी एन्जिला पुन र निसा खवास तेस्रो भइन् ।
गल्स ९ देखि १२ कक्षातर्फ न्यु होराइजनकी प्रकृति राना प्रथम भइन् । उनले न्यू होराईजनकै दिपिका लामालाई ३–० को सोझो सेटमा पराजित गरेकी थिइन् । त्यसै गरी दीपकी सचिता पुरी र न्यू होराईजनकी सबिना शाही तेस्रो भए । गल्र्स डबल्सतर्फ न्यू होराईजनको प्रकृति राना र सेविका गिरीको जोडीले न्यू होराईजनकै दिपिका लामा र सविना शाहको जोडीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । स्मृतिका निरुता ज्ञवाली र रिया चौधरी तथा दीपका सचिना पुरी र अनुष्का भण्डारीको जोडी तेस्रो भए ।
एक कार्यक्रममाबीच संघका वरिष्ठ सल्लाहकार अर्जुनमान सैजु, जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुरेन्द्र शाक्य, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका प्रदेश अध्यक्ष विष्णु ढकाल, संघका उपाध्यक्ष नर बहादुर क्षेत्री, क्लबका अध्यक्ष रमेश न्यौपाने, टेबलटेनिस लेभल २ प्रशिक्षक महेश खनाल, संयोजक गणेश न्यौपानेले विजयी तथा उपविजेता खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरेका छन ।
कार्यक्रममा वरिष्ठ सल्लाहकार सैजुले टेबलटेनिसको खेलाडी उत्पादन गर्ने उर्बरभूमि बनेको बताए । समाजसेवी सुरेशरत्न बज्राचार्यले आफ्नो स्वर्गीय माता कृष्णदेवी बज्राचार्यको स्मृतिमा प्रतियोगितालाई आर्थिक सहयोग गरेका थिए । यसैगरि अक्षय कोषलाई थप नगद १५ हजार रुपैयाँ समेत सहयोग गर्ने घोषणा गरेका छन । प्रतियोगिता रुपन्देहीका २५ विद्यालयका करिब ३ सय ५० बढि खेलाडीहरु भाग लिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij