
मंगलवार , आश्विन २०, २०७७
बुटवल। रुपन्देहीका नेकपा नीकटका झण्डै २५ सय उद्योगी व्यवसायीले प्रदेश ५ को राजधानी रुपन्देहीबाट सारे पार्टी सदस्यता त्याग्ने घोषणा गरेका छन् ।
सरकारले प्रदेशको राजधानी रुपन्देहीबाट सारेर दाङको देउखुरी क्षेत्र सार्ने प्रस्ताव अनुसार प्रदेश राजधानी दाङका बिषयमा नेकपा सांसदले मतदान गरे पार्टी सदस्यता त्याग्ने ती उद्योगी व्यवसायीहरुले घोषणा गरेका हुन् ।
प्रदेश सभामा पेश भएको राजधानी र नामाकरणसम्बन्धि प्रस्ताव पास हुने तयारीमा रहेको समयमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले नेकपाको सदस्यता त्याग्ने घोषणा गरेका हुन् ।
नेकपा जिल्ला कमिटि सदस्य तथा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले नेकपा नेतृत्वको सरकारले जनभावनाविपरीत राजधानी सार्ने तयारी गरेको भन्दै रुपन्देहीका २ हजार २ सय ४९ जना पार्टी सदस्यले राजीनामा दिने बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले रुपन्देहीका आमजनता र पार्टी सदस्यहरुको भावनाको विपरीत गएर प्रस्ताव ल्याएकाले पार्टीमा बस्नुको औचित्य नभएको बताए ।
पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरु माधव नेपाल, मोतीलाल पाण्डे, समुन्द्र जिसीलगायतले बोल्दै पार्टीमा रहनुको कुनै औचित्य नरहेकाले राजीनामा दिने बताएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij