
मंगलवार , आश्विन २०, २०७७
बुटवल, २० असोज । प्रदेश ५ को प्रस्तावित राजधानी र नामाकरणका विषय टुंग्याउन मतदान प्रक्रिया सुरु भएको छ ।
सभामुख पूर्ण बहादुर घर्तीले मतदान प्रक्रियाहरु उल्लेख गरेपछि मतदान सुरु भएको हो ।
मतदानको पक्षमा मत खसाल्ने सांसदहरु प्रदेशसभा १ नम्बर ढोकाबाट बाहिरिएका छन् भने मतदानको विपक्षमा मत खसाल्ने सांसदहरु २ नम्बर ढोकाबाट बाहिरिएका छन् ।
अहिले मतदान प्रक्रिया जारी रहेको बुटवलस्थित खबरपात्रो संवाददाता नारायण वलीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij