२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेश ५ स्थायी राजधानी दाङको देउखुरी क्षेत्र , पक्षमा ६९, बिपक्षमा १३ मत

मंगलवार , आश्विन २०, २०७७

बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी सम्बन्धी सरकारले प्रस्तुत गरेको प्रस्ताव प्रदेश सभाबाट पारित भएको छ । 

संसदमा आज मंगलबार भएको मतदानमा संसदको दुई तिहाई मत सरकारी प्रस्तावको पक्षमा खसेको छ । यो सङगै प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र कायम भएको छ । 

प्रदेश सभामा मंगलबार भएको मतदानमा ८२ जना सांसदले मतदान गरेका छन् । सरकारले प्रस्ताव गरेको दाङको देउखुरी क्षेत्रमा ६९ जनाले मतदान गरेका छन् । प्रस्तावको बिपक्षमा १३ जना सांसदले मतदान गरेका छन् । 

संसदको दुई तिहाई मतका आधारमा प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा पुगेको हो ।