images

शनिवार, बैशाख ८ गते २०८१

साइक्लिष्ट मनिकलाई बिदाई

साइक्लिष्ट मनिकलाई बिदाई

images
images
images
मंगलवार, मंसिर १४ २०७८
मंगलवार, मंसिर १४ २०७८
  • साइक्लिष्ट मनिकलाई बिदाई

    बुटवल, १४ मंसिर ।
    बुटवलका युवा राईडर मनिक श्रेष्ठलाई मंगलबार बिदाई गरिएको छ । प्रदेश खेलकुद विकास परिषद र रसुवा जिल्ला साईकल संघको आयोजनामा मंसिर १८ गते रसुवागढीमा हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाईक च्यालेन्ज २०७८ प्रतियोगितामा भाग लिने मनिक र उनका बुबा मच्छिन्द्र श्रेष्ठलाई बुटवलका विभिन्न क्लबमा पदाधिकारी, सदस्यहरुले बिदाई गरेको हो । उनले ८ वर्षमुनि उमेर समूहमा भाग लिदैछन । 

    कार्यक्रममा ह्याप्पी साईक्लिङ क्लबमा आबद्ध उनीहरुलाई क्लबका अध्यक्ष सुमन श्रेष्ठ, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, क्लबका सल्लाहकार गणेश श्रेष्ठ, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, तिनाउ साईक्लिङ क्लबका उपाध्यक्ष सृजन श्रेष्ठ, पवन शाह, हरि क्षेत्री, स्वस्तिक श्रेष्ठ, सुमित खनालले प्रतियोगितामा सफलताको शुभकामना दिए । भाग लिनु नै गौरबको विषय भएको भन्दै यसलाई व्यवसायिक रुपमा अघि बढाउने गरी युवाहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । मनिक बुटवलको एभरेष्ट बोर्डिङ स्कुलमा कक्षामा ४ मा अध्ययरत छन । चार वर्षको उमेरदेखि साईकल चलाउँदै आएका उनी दर्जनौ प्रतियोगिताहरुमा भाग लिएका छन । 

    रसुवा जिल्ला साईकल संघको अध्यक्ष तथा प्रतियोगिताका संयोजक दावा तामाङले मेन्स, विमेन्स, जुनियर र माष्टर गरी ४ वटा क्याटगरीमा आयोजना हुने प्रतियोगितामा ७० जना सहभागी रहने उनले बताए । प्रतियोगितामा मेन्स, विमेन्सतर्फको उपाधि विजेताले नगद ४० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई नगद ७ हजार रुपैयाँ र कप पुरस्कारबाट सम्मान गरिनेछ । त्यसै गरी जुनियर र माष्टरका उपाधि विजेताहरुले नगद १० हजार रुपैयाँ पाउनेछन् । कुल २० लाख खर्च अनुमान रहने उनले बताए । 





    images
    images
    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij