२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेश ५ को नाम लुम्बिनी कायम, पक्षमा ७९, बिपक्षमा ४ मत खस्यो 

मंगलवार , आश्विन २०, २०७७

बुटवल । प्रदेश नम्बर ५ को नामारण लुम्बिनी कायम गरिएको छ । नामाकरण सम्बन्धी सरकारले संसदमा पेश गरेको प्रस्ताव माथी संसदको दुई तिहाई मत प्राप्त भएको छ । 

प्रदेश सभामा मंगलबार भएको मतदानमा ८३ जना सांसदले मतदान गरेका छन् । प्रदेशको नाम लुम्बिनीका पक्षमा ७९ मत परेको छ । प्रस्तावको बिपक्षमा ४ जना सांसदले मतदान गरेका छन् । 

संसदको दुई तिहाई मतका आधारमा प्रदेशको नाम लुम्बिनी कायम भएको छ ।