२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

मर्यादित महिनावारी तथा लैंगिक हिंसासम्बन्धी अन्तरक्रिया

बुधवार , मंसिर १५, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १५ मंसिर ।
    ३० औं अन्तर्राष्टिय १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्तर्गत मर्यादित महिनावारी, लैंगिक हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । इनरह्वील क्लब अफ लुम्बिनी, लायन्स क्लब अफ भैरहवा डाइनामिक टिचर्स र नमुना एकीकृत विकास परिषद् रुपन्देहीको संयक्त आयोजनामा भैरहवास्थित रुपन्देही लीलाराम न्यौपाने मा.वि.मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुको सहभागिता रहेको इनरह्वील क्लब अफ लुम्बिनीका अध्यक्ष मीना नेपाल पन्थीले बताइन् ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही लीलाराम न्यौपाने मा.वि.का प्राचार्य गणेश प्रसाद भट्टराईले आयोजक टीमलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले किशोर–किशोरी तथा छात्र–छात्रामा जीवनउपयोगी शिक्षाका मद्दतले जीवनउपयोगी सिपको विकास हुने बताए । 

    इनरह्वील क्लब अफ लुम्बिनीका निवर्तमान अध्यक्ष सीता भट्टराईको स्वागत, लायन्स क्लब अफ भैरहवा डाइनामिक टिचर्सका अध्यक्ष बिना भण्डारी पाठकको धन्यवाद ज्ञापन तथा इनरह्वील क्लब लुम्बिनीका सचिव नारायणी नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौड्यालले गरेकी थिइन् ।