images

शुक्रवार, बैशाख १४ गते २०८१

दुईलाख राशीको रोटरी सेवा पदक डा. नन्दु र निरालाई

दुईलाख राशीको रोटरी सेवा पदक डा. नन्दु र निरालाई

images
images
images
बिहिवार, मंसिर १६ २०७८
बिहिवार, मंसिर १६ २०७८
  • दुईलाख राशीको रोटरी सेवा पदक डा. नन्दु र निरालाई

    बुटवल, १६ मंसिर ।
    रोटरी क्लब अफ बुटवलले यस वर्ष दुईजना चिकित्सकलाई रोटरी सेवा पदक प्रदान गरेको छ । दुईलाख रुपैयाँ राशीको रोटरी सेवा पदक क्लवको चार्टड नाइटको अवसर पारेर प्रदान गरिएको हो ।

    images

    रोटरी हिरो नामक सेवा पदक प्राप्त गर्नेमा लुम्बिनी प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. नन्दु पाठक र नारायणी अस्पताल पर्सा विरगंजमा कार्यरत प्याथोलोजिष्ट डा. निरा पाठकलाई प्रदान गरिएको हो । उनीहरु दुवै जनाले कोभिड संक्रमित बिरामीको उपचारमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै जनही एकलाखका दरले रोटरी सेवा पदक प्रदान गरिएको हो ।
    रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र प्रसाद ध्वजू, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी एवं क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले संयुक्त रुपमा रोटरी सेवा पदक प्रदान गरेका थिए ।

    रोटरी सेवा पदकका लागि क्लबले नेपालभरीका रोटरी क्लव तथा जिल्ला प्रशासन कार्यालयबाट त्यस्ता व्यक्ति वा संस्थाले पुर्याएको योगदानसहितको नाम सिफारिस गर्न आह्वान गरेबमोजिम डा. नन्दु र डा. निरा छनोटमा परेका हुन् ।

    क्लबले हरेक दुई वर्षमा रोटरी सेवा पदक प्रदान गर्दै आएको क्लबका अध्यक्ष डा. ताराप्रसाद उपाध्यायले बताए । शिक्षा, स्वास्थ्य सरसफाई र सामुदायिक कार्यहरु, सिप श्रृजना र विकास, गरिवी निवारण, जनउपयोगी खोज, नारी उत्थान र लैगिक समानता विषयमा रहेर क्लबले पुरस्कार प्रदान गर्दे आएको छ ।

    क्लबले यसअघि नारी उत्थान र लैंगिक समानताको क्षेत्रमा काम गरेको बुटवल–६ मा रहेको साधना महिला विद्यालय, शिक्षा क्षेत्रबाट सुवर्ण कुमारी श्रेष्ठ र जनउपयोगी खोज विषयमा महाबिर पुनलाई रोटरी सेवा पदकबाट सम्मान गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij