२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउने युवक पक्राउ

मंगलवार , आश्विन २०, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, २० असोज ।
    पेस्तोल देखाइ स्थानीयलाई त्रसित बनाउने २१ वर्षिय युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ स्थित गुलरियामा स्थानीयलाई पेस्तोल देखाइ त्रसित बनाएको खबर पाएपछि इलाका प्रहरी कार्यालय बेथरीको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का २१ वर्षिय राजकुमार हरिजनलाई उनको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीको अनुसार राजकुमारले प्रयोग गरेको हतियारको बारेमा खोजतलास गर्ने क्रममा मायादेवी गाउँपालिका–४ गुण्डीढालाका ३९ वर्षिय सदानन्द सहानीको नास्ता पसलभित्र लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ ।

    सो क्रममा सदानन्दलाई समेत पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको खत्रीले जानकारी दिए ।