images

शनिवार, बैशाख ८ गते २०८१

बिपीको विचार र अग्रजको योगदान सम्झेर कांग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छ : सभापति देउवा

बिपीको विचार र अग्रजको योगदान सम्झेर कांग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छ : सभापति देउवा

images
images
images
बिहिवार, मंसिर १६ २०७८
बिहिवार, मंसिर १६ २०७८
  • बिपीको विचार र अग्रजको योगदान सम्झेर कांग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छ : सभापति देउवा

    काठमाडौँ, १६ मङ्सिर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।

    उनले भर्चुअल माध्यमबाट प्रदेशको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै सो कुरा बताएका हुन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेशहरुमा पहिलोपटक प्रदेश अधिवेशन शुरु भएको छ । प्रधामन्त्री देउवाले भने, “मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले कांग्रेसलाई थप सशक्त र बलियो बनाउने र जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।”

    लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाहरूमा श्रदाञ्जलि अर्पण गर्दै उनले जननायक बिपी कोइरालाले छाडेर गएको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताए ।

    प्रधानमन्त्री देउवाले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेको र समृद्धिको पूर्वाधार खडा गरेको उल्लेख गर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने सबैको दायित्व भएको बताए । सो अवसरमा उनले प्रथम प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागी सबैलाई बधाई तथा शुभकामना दिएका थिए। रासस

    images
    images
    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij